बिश्वकै शीर्ष धनाढ्य अर्बपति इलोन मस्कले ४४ अर्ब डलरको ट्वीटर सम्झौता समाप्त अन्त्य गर्ने भएका छन् । अब ट्वीटर नकिन्ने छाटकाट देखिएको छ । महिनौ महिना सम्म हल्ला खल्ला गरे र केही त्रुटिहरु देखाउदै सम्झौताबाट बाहिर जाने उनका वकिलले बताए ।
मस्कका प्रमुख कानूनी अधिकारीले प्रतिष्ठानको तर्फबाट शुक्रबार पठाएको पत्र अनुसार अब सम्झौता समाप्त गर्ने जनाएका छन् । यो पत्राचार गर्ने बित्तिकै ट्वीटरको बजार भाउ (सेयर ) लगभग ७ % तल झरेको छ ।
ट्विटरले आफ्नो सम्झौता दायित्वहरूको पालना नगरेको जस्ता समेत आरोप लगाईएको छ ।
मस्कले कुनै स्पष्ट प्रमाण बिना ट्विटर मंचमा सार्वजनिक रूपमा भनेको भन्दा धेरै रद्दी बिधुतिय डाक (ई-मेल)खाताहरू रहेको समेत दाबी गरे ।
सम्झौताका सर्तहरू अनुसार मस्कले पछि हटेको खण्डमा १ अर्ब डलर तिर्न सहमत भएको सिएनबिसी डटकमले समाचार लेखेको छ ।
प्रतिक्रिया