अमेरिकी मार्शलहरुले अमेरिकाको आएवा राज्यमा बालबालिका विरुद्धको अपराधमा पक्राउका लागि खोजी गरिएका १३ यौन अपराधीहरुलाई पक्राउ गरेका छन् ।
अधिकारीहरुका अनुसार सबै फरारहरू आएवाको यौन अपराधी पंजीकरण(रजिस्ट्री)को पालना नगरेका थिए भनि बिज्ञप्तिमा जनाईएको छ ।
७ जनालाई “१३ वर्ष मुनिका बालबालिकाहरू विरुद्धको अपराध” को लागि पूर्व सजाय दिइएको अमेरिकी मार्शलहरूद्वारा गत शुक्रबार जारी गरिएको एक समाचार विज्ञप्तिमा भनिएको छ ।
अत्यधिक अपेक्षित कारवाई “अपरेसन मोस्ट वान्टेड” अमेरिकी मार्शलहरू उत्तरी आयोवा भगौडा कार्यबल (फ्यूजिटिभ टास्क फोर्स) द्वारा आयोजित गरिएको थियो। दुई थान बन्दुक, गोली र लागू औषध बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी मार्शलहरूका अनुसार तीन नयाँ आपराधिक मुद्दाहरू अमेरिकी सरकारी अधिवक्ताको कार्यालयमा पेश गरिएको छ ।
जुलाई १ ,१९९५ मा कानून बनेको आएवा यौन अपराधी पंजीकरण(रजिस्ट्री) को पालना नगर्ने यौन अपराधीहरूलाई प्रत्यक्ष रूपमा गिरफ्तार गर्ने जानकारी भएकाहरूलाई नगद पुरस्कारहरू प्रदान गरिन्छ।
आएवामा अत्यधिक खोजिएका (मोस्ट वान्टेड) ४९ जना यौन अपराधीहरु बाँकी छन भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया