यी दुईबाट त धेरैले पाठ सिक्नुपर्ने थियो तर झ्यापट हान्न खोजेको देखेर दुख लागेको छ। एउटा कलाकारले अर्को कलाकारको सम्मान गर्नु र गर्न खोज्नु राष्ट्र कै हितमा हुनुपर्ने थियो तर आज कलाकार नै कलाकारको खुट्टा तान्न्ने पनि देखियो!.
दोहोरी गीत, आधुनिक गीत, लोक गीत पच्ने समाजमा र्याप गीतको चाहिँ किन बिरोध गर्ने? बालेन शाह र यमबुद्दको र्याप गीतले नेपाल परिवर्तन गर्ने क्रान्तिको झल्को बोकेको छ, उनीहरुले राष्ट्रियता बोकेर राष्ट्रलाई मुटुमा राखेर गाएका छन् त्यहीँ भएर त उनीहरु आज पनि हरेक युवाहरुको ढुकढुकी बनेका छन् ।
पुष्पकमल दाहाल, प्रचण्डको छोराको शालिक बन्न हुने तर एउटा राष्ट्रिय कलाकार यमबुद्दको शालिक बन्न नहुने???
कतिले यमबुद्दलाई आफैं मरेको भनेका छन् तर यो सत्य कुरा होईन यमबुद्दलाई लण्डनमा मारिएको हो। केही पत्रु पत्रकारहरुले नबुझी आफैं मरेको घोषणा गरेका मात्र हुन् वास्तविक रहस्य हामीलाई थाह छ।
यमबुद्द मेरो दिदीको छोरा हो। मैले हुर्काएको छोरो हो अहिले तपाईंहरुले छरेको नूनचुकले हाम्रो पनि ह्र्दय छिया- छिया भएको छ। जब घटना आफुलाई पर्छ नि तब मात्र थाह हुन्छ पीडा के हो भनेर।
बन्द गर्नुहोस् तपाईहरुको फोहोरी अश्लिल शब्दहरु!
धिक्कार छ तपाई केही पत्रु पत्रकार अनि कलाकार कै बिरोध गर्ने पत्रु कलाकार र कुरा नबुझ्ने यो समाजका मै हुँ भन्नेहरुलाई।
अन्तिममा आजसम्म मैले आर्यघाटमा यमबुद्दको जस्तो धेरै मलामी कसैको देखेको थिएन किनकि उसलाई एकताका त्यति मान्छेहरुले मन पराउँथे र आजसम्म पनि मन पराउँछन्। उसले सडक बालबालिकाहरुको निमित्त पनि धेरै काम गरेको थियो जुन काम आज यमबुद्द फाउन्डेसनले गरि नै रहेको
छ।
सलाम छ ती यमबुद्दका आमाबुबालाई जसले छातीमा मुटुमा यमबुद्दलाई राखेर उसले चालेका राम्रा कदमहरुलाई साथ दिएर अमरत्व बनाउन रातदिन यमबुद्द फाउन्डेसन मार्फत लागेका छन् गरीब बालबालिकाहरुको जो आज सहारा बनेका छन् ।।।
कमला प्रसाईं
हाल अमेरिका
जय पशुपतिनाथ
प्रतिक्रिया