तामाङ सोसाइटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको अध्यक्ष पदमा मोहन वाइबा निर्विरोध निर्वाचित,सपथ ग्रहण सम्पन्न

इनेप्लिज २०७९ असार २६ गते १६:०८ मा प्रकाशित

तामाङ सोसाइटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको अध्यक्ष पदमा मोहन वाइबा निर्विरोध निर्वाचित भएका छन् । अमेरिका भित्र विभिन्न राज्यहरुमा रहेका तामाङ संस्थाहरुको साझा संस्था तामाङ सोसाइटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको दोश्रो राष्ट्रिय अधिवेशनमा उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

गत जुन १८,१९ र २० तारिखमा क्यालिफोर्नियामा सम्पन्न अधिवेशनले आगामी तीन वर्षको लागि निर्विरोध अध्यक्षमा भू.पू.नेपाली सेनाका मेजर एवं सामाजिक अभियन्ता मन मोहन वाइबा(मोहन)लाई निर्वाचित गरेको छ ।

२०२२ देखि २०२५ सम्मको कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम गत शनिबार जुलाई ९ का दिन सम्पन्न भएको छ ।

सान फ्रान्सिस्कोमा सम्पन्न गरिएको दोश्रो महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम गत शनिवार जुमबाट विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा समापन गरिएको हो ।

यसअघि महाधिवेशनबाट अध्यक्ष लगायत अन्य ५ पदहरु क्रमशः उपाध्यक्ष-२, महासचिव-१, कोष अध्यक्ष-१, सचिव – १ गरि ६ जना पदाधिकारी र सदस्यहरु निर्वाचित भएका थिए ।

६ जना पदाधिकारीहरु मध्य अध्यक्षको सपथ ग्रहण भैसकेको भए पनि विशेष कारणवश अन्य ५ जना पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण हुन सकेको थिएन । शनिवार तामाङ सोसाइटी अफ अमेरिकाको रिक्त रहेको पदाधिकारी र सदस्यहरूलाई सपथ ग्रहण गराइ औपचारिक रूपमा कार्यसमितिलाई पुर्णता दिइएको हो ।

सपथ ग्रहण कार्यक्रममा उपस्थित अमेरिकाको विभिन्न राज्यहरुको तामाङ संघ संस्थाका अध्यक्षहरु,गैर आवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष वीर लामा र तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको दोश्रो महाधिवेशन पुर्ब निर्वाचन समितीका सदस्य राजेन्द्र लामा लगायतको रोहवरमा अध्यक्ष मनमोहन वाइबाले निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण गराइ कार्यसमितिलाइ पुर्णता दिइएको हो ।

यसअघि सान फ्रान्सिस्कोमा सम्पन्न महाधिवेशनबाट चयन भै सपथ ग्रहणसंगै औपचारिक रूपमा पुर्णता पाएको तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको अध्यक्षमा मन मोहन वाइबा ( मोहन ) वरिष्ठ उपाध्यक्षमा टेक लामा, उपाध्यक्षहरुमा जैन्द्र लामा,डिम्पल लामा र अनु तामाङ्ग रहेका छन् ।

महासचिवमा बिष्णु तामाङ ,सचिवमा रमेश योन्जन, कोषाध्यक्षमा बिजय लामा र सह कोषाध्यक्षमा बिनोद घिसिङ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः साङ डुपा लामा,ज्ञानेन्द्र घलान,अनिल लामा, दावा लामा, सोभा लामा , अमृता लामा र भुशेन लामा रहेका छन्  ।

मिडिया कोअर्डिनेटरको जिम्मेवारी पत्रकार राजकुमार गोलेले पाएका छन् ।

यसैगरी एनआरएन आइसिसीका उपाध्यक्ष तथा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका कानुन समितिका सभापति बाबुराम लामा,सबै राज्यहरुका तामांग समाजका अध्यक्षहरु ,दोश्रो अधिवेशनको लागि बनेको निर्वाचन समितिका सदस्य राजेन्द्र लामाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया