मिजौरीको क्यानसस सिटी (शहर)को एक मधुशाला अगाडी भएको गोलाबारीमा १ जनाको मृत्यु ,५ जना घाइते

इनेप्लिज २०७९ असार २७ गते २१:४० मा प्रकाशित

अमेरिकाको मिजौरी राज्यको क्यानसस सिटी (शहर)को एक मधुशाला(बार)अगाडी भएको गोलाबारीमा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

गत आइतबार राती ११ बजेतिर गोलीकाण्ड भएको हो । प्रहरीका अनुसार आइतबार वेस्टपोर्ट एले हाउस नामक मधुशालाभित्र सुरु भएको झगडा पछि बाहिर सम्म फैलिएको मिजौरी राज्य राजमार्ग गस्ती प्रहरी बिल लोवेले बताए ।

कर्तब्य(ड्युटी)मा नभएका तीन जना प्रहरी अधिकारीहरुले समेत गोली चलाएका थिए ।

घाइते मध्ये एकको अस्पतालमा मृत्यु भएको छ भने अन्य पाँचको अवस्था स्थिर रहेको प्रहरीले जनाएका छन् । घाइते सबै बाँच्ने आशा गरिएको र कुनै प्रहरी अधिकारीलाई चोटपटक नलागेको उनले बताए भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

उनले घटनाको अनुसन्धान र शव परीक्षणको लागि समय लाग्ने बताए । के कारणले झगडा भएको थियो थाहा नभएको र मृत्यु हुने व्यक्तिको नाम तत्काल सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया