ट्विटरद्वारा इलोन मस्क बिरुद्ध मुद्दा दायर

इनेप्लिज २०७९ असार २८ गते २२:०६ मा प्रकाशित

बिश्वकै चर्चित सामाजिक संजाल ट्विटरले इलोन मस्कलाई सम्झौताको पालना गर्न बाध्य पर्ने मुद्दा दायर गरेको छ ।

ट्वीटरले बिश्व कै धनाढ्य अर्बपति इलोन मस्कलाई सामाजिक सञ्जाल प्रतिष्ठान खरिद गर्नको लागि आफ्नो सम्झौताको पालना गर्न बाध्य पार्ने प्रयासमा मुद्दा दायर गरेको छ।

मंगलबार जुलाई १२ का दिन डेलावेयर कोर्ट अफ चान्सरीमा दायर गरिएको छ । मस्कले ४४ बिलियन डलरमा खरिद गर्ने भनिएको सम्झौताबाट बाहिर निस्कने र सम्झौता समाप्त गर्ने भने पछि मुद्धा दायर गरिएको हो ।

मस्कका वकिलले गत शुक्रबारको पत्र मार्फत आरोप लगाउदै ट्विटरले सम्झौताको “बहु प्रावधानहरूको भौतिक उल्लङ्घन” गरेको बताएका थिए । प्रतिष्ठानले मंच( प्लेटफर्म)मा रद्दी बिधुतिय डाक (ई-मेल )खाताहरूको संख्या मूल्याङ्कन गर्न अनुरोध गरेको तथ्यांक रोकेको दाबी गरेको छ।

ट्विटरको कानुनी टोलीले गत सोमबार एक पत्रमा जवाफ फर्काएको छ भने, मस्कको प्रयासलाई “अवैध र गलत” भनेको छ । मस्कले आफैले सम्झौताको उल्लङ्घन गरेको दाबी गरेको छ भने र उनले नै सम्झौताको पालना गर्न माग गरेको छ । मस्कले सम्झौता समाप्त गर्ने भने पछि ट्वीटरको बजार भाउ (सेयर ) लगभग ७ % तल झरेको थियो । ट्विटरले आफ्नो सम्झौता दायित्वहरूको पालना नगरेको जस्ता समेत आरोप लगाएका छन् ।

सम्झौताका सर्तहरू अनुसार मस्कले पछि हटेको खण्डमा १ अर्ब डलर तिर्न सहमत भएको सिएनबिसी डटकमले समाचार लेखेको छ । मस्कले कुनै स्पष्ट प्रमाण बिना ट्विटर मंचमा सार्वजनिक रूपमा भनेको भन्दा धेरै रद्दी बिधुतिय डाक (ई-मेल)खाताहरू रहेको समेत दाबी गरे भनि सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया