लस एन्जेलस क्षेत्रका ६ वटा इन्धन चौकीमा लुटपाट भए पछि दोश्रो दिन बन्द गर्न आह्वान

इनेप्लिज २०७९ असार २९ गते ११:०२ मा प्रकाशित

 

क्यालिफोर्निया राज्यको लस एन्जेलस शहरका ६ वटा इन्धन चौकीमा लुटपाट भए पछि सेभेन ईलेभेन नामक इन्धन चौकीले दोश्रो दिन बन्द गर्न आह्वान गरेका छन् ।

सेभेन ईलेभेनले लस एन्जेलस क्षेत्रका पसलहरूलाई गत मङ्गलबार दोस्रो रात्री पनि बन्द गर्न सिफारिस गरेको छ ।

प्रहरीले लुटपाटकोश्रृंखलाको अनुसन्धान गर्दा दुई व्यक्तिको मृत्यु र तीन जना घाइते भएका थिए।

गत सोमबार ६ वटा सेभेन ईलेभेन स्थानमा भएका लुटपाटमा गिरोह नै संलग्न छन् वा छैनन् भनि अझै पनि काम गरिरहेको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान शान्टा आना, ला हाब्रा, ब्रेया, रिभरसाइड, अपल्याण्ड र ओन्टारियो, क्यालिफोर्नियाका पसलहरूमा लुटपाटहरू गरेका थिए।

ब्रेयाको सेभेन ईलेभेनका एक पसलका कर्मचारीलाई गोली लागेर मारिएको प्रहरी विभागले जनाएको छ। अर्को व्यक्ति शान्टा आनाको सेभेन ईलेभेनमा एक व्यक्ति मारिएको प्रहरी प्रवक्ताले सिएनएनलाई बताए।

ला हब्राको स्थानमा लुटपाटको क्रममा अन्य दुई व्यक्तिलाई गोली लागेको थियो र अस्पताल लगिएको प्रहरीले एक पत्रकार सम्मेलनमा भने ।

यसैबीच, एक बन्दुकधारीले रिभरसाइडको एक पसलमा प्रवेश गरेपछि सेभेन ईलेभेनका ग्राहकलाई समेत गोली हानिएको थियो।

पीडितलाई स्थानीय अस्पतालमा लागिएको छ भने उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया