न्यूयोर्कमा सुतिरहेका ३ जना घरबारबिहिनलाई छुरा प्रहार गर्ने सदिॅग्धको प्रहरीद्वारा व्यापक खोजी

इनेप्लिज २०७९ असार २९ गते १६:५९ मा प्रकाशित

न्यूयोर्क शहरमा सुतिरहेको अवस्थामा ३ घरबारविहीन पुरुषलाई छुरा प्रहार गर्ने आक्रमणकारीको खोजी भइरहेको प्रहरी बिभागले जनाएको छ।

सुतिरहेको बेला तीन घरबारविहीन मानिसहरूलाई छुरा प्रहार गर्दा एकजनाको मृत्यू भएको बिभालले जनाएको छ ।

आक्रमणकारीले भान्सामा प्रयोग गरिने ठूलो चक्कु प्रयोग गरेको अधिकारीहरुले मंगलबार बताए ।

पहिलो आक्रमण जुलाई ५ मा भएको थियो । ३४ बर्षिय घरवारबिहीन पीडित भएका थिए।

त्यस्तै अर्को घटना जुलाई ८ मा  आक्रमणकारीले ५९ वर्षीय मानिसलाई  आक्रमण गरेका थिए भने अर्को घटना गत सोमबार भएको थियो ।

प्रतिक्रिया