मिस नेपाल नर्थ अमेरिका २०२२ का शीर्ष ३ बिजेताहरुलाई छात्रवृति प्रदान गरिने

विजय थापा २०७९ असार २९ गते २२:४७ मा प्रकाशित

 

 

बिश्वकै सम्राट राज्य न्यूयोर्कमा आयोजना गरिने मिस नेपाल नर्थ अमेरिका २०२२ का शीर्ष ३ बिजेताहरुलाई छात्रवृति प्रदान गरिने भएको छ ।

उक्त छात्रवृति बिजेतालाई ६ हजार डलर,प्रथम  बिजेतालाई ४ हजार डलर र द्वितीय बिजेतालाई २ हजार डलर प्रदान गरिने भएको आयोजकले बताएका छन् । आयोजकका संस्थापक सैलेस श्रेष्ठका अनुसार उक्त छात्रवृति अमेरिकाको टेक्सस राज्यमा स्थापित रेभेन सफ्टवेयर सोलिसन टेक राउटरले प्रदान गर्ने भएको छ ।

उक्त तोकिएको रकमबाट शीर्ष ३ बिजेताहरुले आफ्नो जीवन वृत्ति(क्यारियर)मा प्रयोग गर्न सक्ने छन् । श्रेष्ठले प्रायोजकलाई महत्वपूर्ण प्रायोजन प्रदान गरेकोमा धन्यबाद दिएका छन् ।

आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर ,नायिका स्वस्तिमा खड्का परामर्शदाता(मेन्टर) मोडल (नमुना महिला)निती शाह -प्रशिक्षक ,निशा पाठक तथा सहाना बज्राचार्यद्वय आधिकारिक कार्यक्रम प्रस्तोता रहने भएका छन ।

साथै अन्य बिशेष व्यक्तित्व (सेलिब्रेटी)हरुको उपस्थिति हुनेछ ।

बिशेष अतिथिमा हालसालै नेपालमा सम्पन्न भएको मिस नेपाल २०२२ (नेपाल सुन्दरी -२०२२ )की बिजेता प्रियङ्का रानी जोशीको पनि उपस्थिति रहने छ ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :

https://missnepalnorthamerica.com/?fbclid=IwAR2TXjL9rXTKqLwI-oQ_EX1LKf07_ioLZnVR7kXhEtxYfNtX95vaKn1kZYQ

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया