१३ जुलाइ २०२२, न्युयोर्क अमेरीका:
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय न्युयोर्क स्थित उडसाईडमा आज नेपाली काँग्रेस केन्द्रीय सदस्य युवानेत्री प्रतिमा गौतम ,नेपाली काङ्रेस भक्तपुरका पार्टी सभापति दुर्लभ थापा र नेपाली काङ्रेस रोल्पाका नेता पुर्व ने.वि. संघ मनोज मणि आचार्य र एन आर एन ए अमेरिकाका पुर्ब सल्लाहकार श्याम काजी गुरुङ लगायतका नेताहरुलाइ आफ्नै कार्यालयमा कार्यबाहाक अध्यक्ष सुबर्ण लामाले स्वागत गर्नु भयो।
यस छोटो मिठो भेटघाट कार्यक्रममा ने.का. केन्द्रीय सदस्य प्रतिमा गौतमले बोल्नु हुँदै अमेरीकावासी नेपालीहरूको साझा संस्था गिरीजाप्रसाद कोईराला फाउण्डेशन पनि हो र आगामी दिनहरूमा नेपालीहरूलाई आईपर्ने समस्याहरूको समाधानका लागी समुदायसँग हातेमाले गर्दै अझै झन बलियो हुदै सगरमाथा झै उच्च भएर अगाडी बढ्न सुझाव दिनु भयो।वहाँले न्युयोर्क जस्तो व्यस्त शहरमा फाउण्डेशनको आफ्नै कार्यालयमा हामीलाई तपाईहरुले स्वागत गर्नु भएकोमा ह्रदयवाट नै धन्यवाद छ, भन्नु भयो।
त्यस्तै ने.का. भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले यस फाउन्डेशनका सामाजिक गतिविधिवाट प्रभावित भएको र आवश्यक सहयोगगर्ने प्रतिवद्दता जाहेर गर्नुभयो र सवैले मिलेर नेपाल र नेपालीका हकहितकालागी लागी पर्न हामी जॅंहा रहे पनि कार्यहरु गर्न सक्छौं, वहाँलेसुजाव दिनु भयो।
त्यसै गरी युवा नेता प्रखर वक्ता पुर्व ने.वि. संघ महामन्त्री मनोज मणि आचार्यले गिरीजावावुले भनेझैं सहमती, सहकार्य र एकता नै आजको आवश्यकता भएको प्रष्ट पार्नुभयो र वॅंहाले गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले कोरोना संक्रमण कालमा राहत वितरण, भ्याक्सिन तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेको हामीले प्रत्यक्ष हेरेका थियौं र फाउन्डेशन मार्फत सामाज सेवामा अहोरात्र खटिनुभएका सबैजना धन्यवादको पात्र हुनुहुन्छ भन्नु भयो।
एन आर एन ए अमेरिकाका पुर्ब सल्लाहकार श्याम काजी गुरुङ गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाले सामाजिक गतिविधिहरू गर्दै आएकोमा आफु निकै प्रभावित र धेरै खुसी भएको र फाउण्डेशनले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद छ भन्नुभयो ।
जी पी के फाउन्डेशन अमेरीका च्याप्टरले कोरोना कहरमा नेपाली लगायत अमेरीकावासी विभिन्न समुदायहरूलाई गरेको सहयोग दुनीयाले देखेको छ र आफुहरू एक निःस्वार्थ टीम वनाई अमेरीकाको मुलधारका राजनितीज्ञसँग सहकार्य गर्दै अघी बढेको कुरा अबगद गराउदै सामाजिक गतिविधिहरूलाइ अझ तिब्रता दिनेछ नेपाल र नेपालीहरुको हितका लागी अझ ससक्त रुपले कार्यहरु गर्दै अगि बढने छ भन्नु भयो कार्यबाहाक अध्यक्ष सुबर्ण लामाले।
प्रतिक्रिया