सीआईएको इतिहासमा सबैभन्दा ठूलो तथ्याँक चुहावट गरेको आरोपमा सीआईएका पूर्व कर्मचारी दोषी ठहर

इनेप्लिज २०७९ असार ३० गते ११:१५ मा प्रकाशित

सीआईएको इतिहासमा सबैभन्दा ठूलो तथ्याँक चुहावट गरेको आरोपमा सीआईएका पूर्व कर्मचारी दोषी ठहर गरिएको छ ।

एजेन्सी(संस्था)को इतिहासमा गोप्य तथ्याँकको सबैभन्दा ठूलो चुहावटको आरोपमा एक पूर्व सीआईए कर्मचारीलाई संघीय अदालतमा बुधबार सबै गणनामा दोषी ठहराइएको छ।

जोसुवा शल्टे जसलाई २०१६ मा विकिलिक्सलाई गोप्य तथ्यांकहरू हस्तान्तरण गरेको आरोप लगाइएको थियो । गैरकानूनी रूपमा राष्ट्रिय प्रतिरक्षा जानकारी सङ्कलन र प्रसारण गरेको र आपराधिक अनुसन्धान र बृहत निर्णायक समितिको कारवाईमा बाधा पुर्‍याएको आरोपमा दोषी ठहरिएका छन् ।

उनले सञ्जाल गुप्तचरको लागि सीआईएको केन्द्रमा कम्प्युटर इन्जिनियर(सुसांख्य यन्त्र अभियन्ता )रूपमा काम गरेका थिए । उनले कम्प्युटर (सुसांख्य यन्त्र)बाट पत्ता नलागेको तथ्याँक लिन सक्ने साङ्गणिक(साइबर) उपकरणहरू सिर्जना गरेका थिए। शल्टले परीक्षणमा आफ्नो बचाव गरेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया