अमेरिकाले आवाज भन्दा द्रुत २ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ।
लकहिड हाइपरसोनिक नामक मिसाइल( क्षेप्यास्त्र) प्रणालीको सफल परीक्षण गरेको हो।
रुस र चीनले आफ्नै आवाज भन्दा छिटो क्षेप्यास्त्र हतियारहरू विकास गरे पछि अमेरिका पछि परेको हो।
बिगत केही महिना अगाडी अमेरिकाले बनाएको क्षेप्यास्त्र परीक्षण बिफल भएको थियो ।
अमेरिकी वायुसेनाले मंगलबार क्यालिफोर्नियाको तटमा सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ। पेन्टागनले बुधबार सफल परीक्षण गरिएको जनाएको छ।
हाइपरसोनिक हतियारहरू माथिल्लो वायुमण्डलमा ध्वनिको गतिभन्दा पाँच गुणा बढी वा लगभग ६,२०० किमी (३८५३ माइल) प्रति घण्टामा यात्रा गर्छन्।
प्रतिक्रिया