अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ३२ हजार ९ सय २८ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ४१५ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुलाई १५ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।
संक्रमण दरमा १७ % वृद्धि भएको छ भने अहिले सम्म कूल ८ करोड ९१ लाख २८ हजार संक्रमित भएका छन् । हाल अस्पतालमा ३९ हजार ५ सय ८९ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर १९ % वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ४ हजार ४ सय ७४ जना भर्ना भएका छन् भने २४ % भर्ना दर बढेको छ ।
अमेरिकामा हाल सम्म कूल १० लाख १९ हजार ६ सय ६४ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड २६ लाख ८२ हजारले ३ सयले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७७ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.७ % पूर्ण खोप लगाई सकेका छन् ।
यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ७० लाख ४ हजारले लिई सकेका छन् ।
सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २६ करोड ७ लाख २८ हजार पुगेको छ । यसैगरी १२ बर्ष माथिका बालबालिकाले ७५.५ % र ५ बर्ष भन्दा माथिका बालबालिकाहरुले ७१.३ % पूर्ण खोप लगाई सकेका छन् ।
प्रतिक्रिया