पारिवारिक र सम्पूर्ण परिवार एकैसाथ बसेर हेर्न मिल्ने दर्सनिय सिनेमा को निर्माण गर्ने राजश्री प्रोडक्सन ले सन् १९६४ मा अटुट मित्रता को कथामा आधारित “दोस्ती” को निर्माण गरेको थियो, जो अत्याधिक सफल हिन्दी सिनेमा मध्य एक हो। हाल यसै निर्माण सँस्थाले मित्रता को कथामा अर्को सिनेमा “उँचाइ” को निर्माण गरेको छ, जो गत हफ्ता रिलिज भएको हो। चार मित्रहरु मध्य एक मित्र को एभरेस्ट बेस क्याम्प मा आफ्नो जिबन उत्सर्ग गर्ने इच्छा लाइ मुर्त रुप दिन अन्य तिन मित्र हरुले दिएको साथ्, त्याग र विजय यो सिनेमा को मूल कथा हो। अर्को शब्द मा अटुट मित्रता भयो भने जुन उच्च स्थान लाइ पनि विजय हासिल गर्न सकिन्छ त्यो चाहे सगरमाथा को उचाइ नै किन नहोस?
सिनेमा को कथा अनुसार चार प्रौड मित्र अमित श्रीवास्तव (अमिताभ बच्चन), ओम शर्मा (अनुपम खेर), जावेद सिद्दीकी (बोमन ईरानी) और भूपेन (डैनी डेन्जोंगपा) एक अर्का लाइ निकै स्नेह राख्छन। भुपेन को अचानक निधन भए पछि उसको एभरेस्ट बेस क्याम्प जाने र त्यही जिबन उत्सर्ग गर्ने इच्छा लाइ मुर्त रुप दिन र भुपेनको अस्तु बिसर्जन गर्न बाँकी तिन मित्र एभरेस्ट बेस क्याम्प को कठिन यात्रामा अगाडी बढछन्। कथाको सुरुवात भारत देखि काठमाडौँ सम्मको सडक यात्रा र काठमाडौँ देखि एभरेस्ट बेस क्याम्पको ट्रेकिङ्ग हुन्छ।यसै बीच अमित श्रीवास्तव अचानक बिमारी हुन्छन र उनलाई ट्रेकिङ्ग गाइड श्रद्दा गुप्ता (परिणति चोपडा) ले ट्रेकिङ्ग मा लैजान अस्विकार गर्छिन, तर उनीहरुको जिद्दीको अगाडी गुप्ता को केहि लाग्दैन र ट्रेकिङ्ग यात्रा अगाडी बढ्छ।उनीहरुको यात्रा मा कस्ता उतार र चढाब आउँछ त्यसको मज्जा लिन सिनेमा नै हेर्नु पर्छ।
अभिनय को बिषय मा सम्पूर्ण कलाकारहरुको अभिनय उत्कृष्ट छ।कथा लाइ अगाडी बढाउन माला द्वीबेदी (सारिका), सबिना सिद्दीकी (निना गुप्ता) र अभिलासा श्रीबास्तब (नफिसा अलि) जस्ता दिग्गज तर पुराना अभिनेत्री हरुको पनि साथ् लिइएको छ, जसको अभिनय मा खोट लगाउने कुनै ठाउँ नै छैन।अन्य कलाकार हरु सामान्य छन्। यस्ता उच्चस्तरका कलाकार हरुको अगाडी पनि आफ्नो उपस्थिति देखाउन सक्नु परिणति चोपडाको अभिनय क्षमता को बारेमा तारिफ गर्न कुनै कन्जुस्याई गर्नु पर्दैन।
निर्देशक सूरज बड़जात्याले राजश्री प्रोडक्सनको परम्परा अनुसार एउटा दर्सनिय सिनेमाको निर्माण गरेका छन्, जसलाई जति तारिफ गरे पनि पुग्दैन। स्क्रिप्ट राइटर अभिषेक दिक्षितले मित्रता जस्तो भाबुक बिषय लाइ लिएर कसिलो पटकथा लेखेका छन् जसलाई तारिफ गर्नु पर्छ। सिनेमामा एभरेस्टको सुन्दर दृश्य लाइ आफ्नो क्यामरामा कैद गर्ने मनोज कुमार र कर्णप्रिय संगीत दिने अमित त्रिवेदी तारिफ गर्न लायक छन् तर राजश्रीको अन्य सिनेमा को जस्तो कर्णप्रिय सङ्गीत यो सिनेमामा भने छैन।नेपालको दृश्य मा अभिनय गर्ने अमिताभ बच्चन बास्तबिक नभएर उनि जस्तै (लुक अ लाइक) हुन् भने अन्य कलाकार हरु बास्तबिक नै हुन्। तपाईं पारिवारिक हिन्दी सिनेमा को पारखी हुनुहुन्छ भने यो सिनेमा एक पटक अबश्य हेर्नुहोला।
पत्रकार तथा लेखक
प्रतिक्रिया