रवि लामिछाने खरो ,सोध खोज र अनुसन्धान गर्ने सशक्त पत्रकार हुन् । साथै दमदार कार्यक्रम प्रस्तोता पनि हुन् । तर उनलाई नेपालमा रहेका वरिष्ठ पत्रकारहरुले पत्रकार नै हैन भनि आरोप र प्रत्यारोप लगाए । पत्रकार मान्दिन भनि सार्वजनिक रुपमा द्वन्द चर्काए । सामाजिक संजाल भरि छताछुल्ल भयो ।
अझ पनि साघुरो मानसिकता र संकुचित विचार भएका वरिष्ठ पत्रकार भनाउदाले उनको प्रगति ,उन्नतीको सशक्त काम कारवाईको कारण रिस ,द्वेष ,इर्षा ,घमण्ड आदी इत्यादीको कारण उनीसंग नसक्ने भए पछि त्यसो भनेका हुन । कुरा यही सत्य हो ।
अब उनलाई माननीय र सांसद मान्ने या नमान्ने बिषयमा यो पंक्तिकारलाई अझै शंका छ । तर रवि लामिछाने करोडौ जनताको मन जितेका रहेछन भन्ने चुनावी नतिजाले देखाई दिएको छ । अब प्रमाण खोज्न कतै जानै पर्दैन ।
अझ पनि साघुरो मानसिकता र संकुचित विचार भएका वरिष्ठ पत्रकार भनाउदाले उनको प्रगति ,उन्नतीको सशक्त काम कारवाईको कारण रिस ,द्वेष ,इर्षा ,घमण्ड आदी इत्यादीको कारण उनीसंग नसक्ने भए पछि त्यसो भनेका हुन !
अब यो पंक्तिकारको जिज्ञाशा के हो भने पूर्वाग्रहको कारण उनलाई पत्रकार नै होईन भनि दम्भ देखाएका पत्रकारहरुको बुद्धिमा अब बिर्को लाग्नु पर्छ । नत्र जगत हास्ने छ । हामी सबै हास्ने छौ ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा हुनासाथ सकारात्मक र नकारात्मक टीका टिप्प्णीले सामाजिक संजाल भरियो । ज्यादै नकारात्मक टिका टिप्पणी पनि आयो । अमेरिकामा भएका पत्रकारहरुले पनि नकारात्मक लेखे । प्रजातन्त्रमा आवाज उठाउन सकिन्छ । वाक स्वतन्त्रता हुन्छ तर केवल पूर्वाग्रह ग्रसित पत्रकारहरुले पत्रकार नै होइन भन्दा जगत हासेका थिए । जनताको लागि अहोरात्र खट्ने पत्रकारलाई हचुवा र होच्याउने तपाईहरुलाई प्रति आक्रोस व्यक्त भएको थियो ।
जनतासँग प्रगाढ रुपमा भिझेका र तल्लो स्तरमा अत्यन्तै पकड भएका रवि लामिछानेलाई अन्तत्वगत्वा जनताले पत्याएका छन् तर उनीलाई तपाईहरुले पत्रकारनै होईन भनि लान्छना लगाउनु भयो र पत्याउनु भएन । अब उनि सांसद भएका छन् । अब पत्याउने की न पत्याउने ? के अब माननीय उनि हुन् कै हैनन् ? पंक्तिकारको जिज्ञाशा ?
ल्याटिन भाषामा पदावली(फ्रेज) छ “भोक्स पोपुली, भोक्स देई,” अर्थात् “जनताको आवाज ईश्वरको आवाज हो।” । रवि लामिछाने यही भित्र पर्दछन ।
उनि त्यसै रवि लामिछाने भएका हैनन । ७ पुस्ताको जीवन बनाउने सपनाको देश अमेरिका छोडेर मातृभूमिको लागि अमेरिकी नागरिकता त्यागेर देश सेवाको लागि फर्केका रवि सच्चा नायक र जनताका सेवक रहेछन भन्ने कुरामा अब कुनै दुई मत छैन । जनताको मन र मस्तिस्कमको भित्री भाग सम्म पुगेका उनि जनताका प्यारा नेता हुन् पुगेका छन् उनले सबै तगारोहरु पार गर्न सफल भए । उनले काम गर्ने कि नगर्ने भन्ने शंका उपशंका गर्ने हाम्रो मस्तिष्कमा कहिले पनि आउनै दिनु हुदैन । किनभने उनि काम गर्न जन्मेका हुन् । जनताको सेवाको लागि समर्पित नेता हुन् र यसमा कुनै शंका छैन । यी सबै उनले बिगतमा गरेका कामबाट उनको राजनैतिक यात्रा प्रारम्भ भएको छ ।
ल्याटिन भाषामा पदावली(फ्रेज) छ “भोक्स पोपुली, भोक्स देई,” अर्थात् “जनताको आवाज ईश्वरको आवाज हो।” । रवि लामिछाने यही भित्र पर्दछन ।
उनले इतिहास रचे । रवि लामिछानेलाई पत्रकार नै नमान्नेहरुले हाम्री छिमेकी मूलुक भारतको नयाँ दिल्लीमा आम आदमी पार्टी(दल)लाई हेरौ । अरविन्द केजरीवाल मुख्य मन्त्रि छन । उनले भारतमा कांग्रेस आई र भाजपा जस्ता स्थापित दललाई पाखा लगाई रवि लामिछानेले गरे झैँ जनताको मन जितेका छन् ।
भोली रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी केजरीवाल झैँ हुन् के बेर ? उनले काम नगर्ने भन्ने प्रश्न नै छैन । उनि प्रतिको प्रगाढ आस्था ,विश्वास र काम गर्ने क्षमताको मुल्यांकन गर्दै जनसागर ओर्लीइ उनले आह्वान गरे झैँ जनताले सेवा गर्न मौका दिएका छन् । उनले यो मौका गुमाउने छैनन् ।
चुनावी अभियानमा उनलाई पछार्ने र लडाउनेको त कुरै नगरौ । तर उनलाई सारा जनताको साथ र समर्थनको अगाडी कसैको केही लागेन । चुनावले जे बोले त्यही प्रमाण गरि दिए । उनले युवाहरुलाई सम्बोधन गर्ने क्रममा अत्यधिक मतले हराई ईतिहासमा कोर्ने भनि भिडलाई शरीरमा रौ ठाडो हुने भाषण गरे पछि माहौल परिवर्तन गरेका थिए ।
अब अभूतपूर्व रुपमा शानदार जनताको मतबाट बिजयी भएका छन् । उनले कांग्रेस र बामपन्थीहरुको गढलाई ध्वस्त पारी ३४ हजारको विशाल मतान्तरसहित चितवन २ बाट विजयी भएका छन् ।
जितपछि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले निर्वाचित हुनु कुनै जित नभएको भन्दै आफूले अहिले नै विजय र्याली समेत नगर्ने बताएका हुन् ।
‘राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो,’ उनले लेखेका छन्, ‘म आजैदेखि जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्नँ ।’
विजय र्यालीको सट्टा लामिछानेले धन्यवाद सभा आयोजना गर्ने भएका छन् । साथै उनले धन्यवाद सभामा आउने कसैलाई पनि फूलमाला, अबिर र खादा नल्याउन आह्वान गरेका छन् ।
मेरा लागि फूलमाला, अबिर र खादा केही पनि नल्याउनु होला । म आजबाटै काम थाल्दैछु । मेरो सभा हुने ठाँउहरुमा दुई वटा बाकस हुनेछन् ।
एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला । अर्को बाकसमा ‘उजुरी, समस्या, सुझावपेटिका’ लेखिएको हुनेछ ।
एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला । अर्को बाकसमा ‘उजुरी, समस्या, सुझावपेटिका’ लेखिएको हुनेछ । त्यसमा, भ्रष्टाचारीका सूचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला । माला, अबिर, खादामा हामीले गरेको खर्च प्रायः सबै विदेश जान्छ । केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फूल भए मलाई पुग्छ ।’
यस्ता अद्वितीय कुराहरु जनताको अगाडी राख्ने ,आह्वान गर्ने र नव निर्वाचित सांसद पूर्व सशक्त जनताको दुखसुखमा बुलन्द आवाज उठाउने र काम गर्ने सच्चा पत्रकार थिए भनि तपाईहरुले कुनै दिन भन्नु हुने छ र उच्चारण गर्नु हुनेछ भन्ने झिनो आशा र विश्वास लिदै यो पंक्तिकार पूर्ण बिराम लिन चाहन्छ ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया