अमेरीकाको राजधानी वाशिंगटन डिसीमा शस्त्रधारीहरुले आफूलाई एफबिआई गुप्तचर भन्दै एक घरमा डकैती गरेका छन् । डकैत भएको घरमा प्रहरीहरु पुग्दा उनीहरु बेपत्ता भएका थिए । उनीहरु ४ जना एफबिआई गुप्तचर झैँ र सोही शैलीमा लुटपाट गरेको एबिसीन्यूजले जनाएको छ ।
एफबीआई जासूसको रूपमा प्रस्तुत भएका व्यक्तिहरूले गत बुधबार बिहान डिसीमा एउटा घर लुटपाट गरेको महानगरीय प्रहरी विभागले पुष्टि गरेको छ । सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ ।
पुलिसले भने कि चार संदिग्धहरू हाते प्रकाश (फ्ल्यासलाइट) र सामरिक वस्त्र सहित एक घरमा प्रवेश गरेका थिए । उनीहरुले अगाडिको ढोका खोल्नको लागि क्रोबार(त्रिशुल जस्तै फलामको डण्डी ) प्रयोग गरेका थिए । सशस्त्र लुटपाटको क्रममा उनीहरुले आफूहरूलाई एफबीआई गुप्तचर (एजेन्ट)हरू भएको दाबी गरेका थिए ।
बिहानको लुटपाटमा पाँच व्यक्तिहरू घरमा उपस्थित रहेका थिए । गैर-संघीय छापा मार्ने दुईजना पीडितहरू “निवासबाट भाग्न र प्रहरीलाई सम्पर्क गर्न सक्षम भए,” भनि प्रहरीले आफ्नो विवरणमा खुलाएको छ ।
लुटेराहरूले १२,००० हजार डलरको रोलेक्स घडी, एक २०१७ को औडी क्यु३ ,३,३००० नगद, दुई वटा भ्रमणध्वनि (आईफोन)र दुई वटा सुरक्षित पेटिका (सेफ ) चोरेको प्रहरी विवरणम उल्लेख गरिएको छ ।
संदिग्धहरू अज्ञात दर्ता संख्या (ट्याग)हरू सहित चाँदी रङ्गको आउडी मार्का(ब्रान्ड)को गाडीबाट भागेका थिए ।
प्रतिक्रिया