सोतोकान करोत संघद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरू सम्मानीत

मुना न्यौपाने २०७९ पुष ३ गते १५:३६ मा प्रकाशित

मुना न्यौपाने

काठमाडौँ, पुस ३ गते । पूर्व उपप्रधानमन्त्री तथा काठमाडौँ क्षेत्र नं। १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सांसद् प्रकाशनमान सिंहले राष्ट्रको सर्वाङ्णिी विकासमा खेलकुदले उल्लेख्य भूमिका खेलको बताउँदै खेलकुद क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

पुस २ गते शनिवार नेपाल सोतोकान कराते संघले आयोजना गरेको काठमाडौँ क्षेत्र नं। १ का नवनिर्वाचित जनप्रतिनिधिहरूको वधाई तथा शुभकामना कार्यक्रममा उहाँले उक्त उद्घोष गर्नुभएको हो ।

काठमाडौँ जिल्ला क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य माननीय सांसद् प्रकाशनमान सिंह, प्रदेश सभा काठमाडौँ क्षेत्र नं। १९क० का प्रदेशसभा सदस्य माननीय दिपेन्द्र श्रेष्ठ र काठमाडौँ क्षेत्र नं। ९ख० का प्रदेशसभा सदस्य माननीय सुरजचन्द्र लामिछानेलगायतलाई फूलमालासहित सगुन खुवाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश आले, कृषि विकास बैँका उपमहाप्रबन्धक प्रताप सुवेदी, काठमाडौँ महानगरपालिका वडा नं। ९ का वडा अध्यक्ष रामजी भण्डारी, समाजसेवी दिपकराज गिरी, संस्थाकी वरिष्ठ उपाध्यक्ष एवं एनकेसिंह मेमोरियल स्कुलका प्रिन्सिपल प्रमिला सिंह, संस्थाका उपाध्यक्षद्वय ईश्वरबाबु कार्की र दिपक खाँड, जिल्ला संघका संयोजकलगायतको उपस्थिति रहेको थियो ।

नेपाल सोतोकान कराँते संघका संस्थापक एवं मुख्य प्रशिक्षक हेमकुमार श्रेष्ठले सो अवसरमा सोतोकान कराँते खेल नेपालमा भित्र्याउन आफूले अनवरत प्रयास गरिरहेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू स्व। दामोदर शम्शेर जरा, एसपि९सी ओबराय, राष्ट्रिय, अन्तराष्ट्रिय संरक्षकको रूपमा रही पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

साथै श्रेष्ठले संघको आवद्ध विश्व सोताकान कराँते महासंघ जापान, नेपाल राष्ट्रिय खेलकुद परिषद्, नेपाल कराँते महासंघसँग रही आफ्नो क्रियाकलाप विभिन्न क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको संलग्नता रहेको बताउँदै संघका पूर्व तथा वर्तमान पदाधिकारी, शुभचिन्तकहरूको समेत मुग्घकण्ठले प्रशंशा गर्नुभयो ।  

प्रतिक्रिया