अमेरिकाको भर्जिनियामा द भ्वाईसकी ८ औ स्थान सम्म पुग्न सफल युवा होनहार परिजिता बास्तोलालाई भब्य स्वागत गरिने भएको छ ।
मेरिल्याण्ड निवासी परिजिता अमेरिकी भ्वाईसमा पुग्ने पहिलो अमेरिकी नेपाली हुन । केवल १७ बर्षको उमेरमा ८ औ अर्थात् सेमी फाइनल(अर्ध अन्तिम चरण) सम्म पुग्न सफल परिजिता आफ्नो घर मेरिल्याण्डको सेभेर्ना पार्क आई पुगेकी छिन ।
उनले नेपाली समुदायमा पनि थुप्रै आफ्ना प्रस्तुति दिई सकेकी छिन भने भर्जिनियामा उनले द भ्वाइसमा जानु अगाडी समेत प्रस्तुति गरेकी थिइन् ।
उनि बिश्व प्रख्यात एक विशिष्ट व्यक्ति (सेलेब्रिटि )भै सकेता पनि नेपाली समुदायमा हिजो जस्तै घुलमिल गर्न सक्ने र सहभागिता जनाउन सक्ने उनको प्रवृति र स्वभावमा कुनै परिवर्तन भएको छैन । नेपाली समुदायले उनको दृष्टिकोण प्रति गर्व गर्नु पर्दछ । उनि गर्व गर्ने लायक हुन् । किनभने उनि अब सबैकी साझा छोरी भै सकेकी छिन । उनि सबै नेपालीको प्यारी छोरी हुन् ।
उनले सम्पूर्ण नेपाली र नेपालको नाम उच्च राख्न पनि सफल भएकी छिन । द भ्वाइसको २२ औ संस्करणमा उनको प्रस्तुतिले उनलाई सारा जगतमा चिनारी गराएको छ ।
हामीलाई यति माथि उठाएकी उनको यो योगदानको कदर गर्दै भर्जिनियामा उनको लागि स्वागत तथा भेटघाट कार्यकमको आयोजना गरिएको छ ।
आगामी डिसेम्बर २४ ,शनिबार दिउसो ३ बजे देखि मनासस शहर स्थित होटल विनडम (अतिथि गृह)मा कार्यक्रमको आयोजना गरिएको छ ।
सबैलाई उक्त कार्यक्रममा स्वागत गरिने छ भने बिस्तृत जान्न टीम परिजिताका भर्जिनियाका संयोजक चन्द्र लामा संग सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया