मेटाले ट्रम्पको निलम्बित भएका इन्स्टाग्राम र मुहार पुस्तिका पुनर्स्थापित गर्ने घोषणा

इनेप्लिज २०७९ माघ ११ गते २३:२३ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई वर्षको लागि निलम्बनमा परेको मेटाको फेसबुक(मुहार पुस्तिका) र इन्स्टाग्राम खाताहरूबाट आउदो हप्ता खोलिने घोषणा गरेको छ ।

मेटाका बिश्व मामला (ग्लोबल अफेयर्स)का अध्यक्ष निक क्लेगले बुधबार एक प्रकाशन मार्फत उक्त जानकारी गराएका छन् ।

स्मरण रहोस ,राष्ट्रपति ट्रम्पका खाताहरू जनवरी ६,२०२० मा अमेरिकी संसदमा भएको बिद्रोह र आक्रमण पछि अनिश्चितकालका लागि निलम्बन गरिएको थियो।

उनले सार्वजनिक सुरक्षाको लागि जोखिम पर्याप्त रूपमा घटेको अध्यक्ष क्लेगले भने। “यस्तै, हामी आगामी हप्ताहरूमा ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू पुनर्स्थापित गर्नेछौं।

भविष्यमा मंच नीतिहरू उल्लङ्घन गरेमा ट्रम्पलाई एक पटकमा दुई वर्षसम्म निलम्बन गर्न सकिन्छ, क्लेगले भने।

प्रतिक्रिया