बेलारुसी मूलकी आरिना सबालिंकाले महिला अस्ट्रेलियाली टेनिसको उपाधि हासिल गरेकी छिन ।
सबालिंकाले एलिना रिबाकिनालाई पराजित गर्दै शनिबार रोमाञ्चक महिला अस्ट्रेलियाली टेनिसको अन्तिम खेल(अष्ट्रेलियन ओपनको फाइनल)जित्ने पहिलो खेलाडी बन्न सफल भएकी छिन ।
युक्रेनमा जारी द्वन्द्वको बीचमा प्रतियोगिता आयोजक टेनिस अष्ट्रेलियाले रूसी र बेलारूसी खेलाडीहरूलाई तटस्थ रूपमा प्रतिस्पर्धामा सहभागी गराएको थियो ।
मेलबर्नमा भएको शानदार निर्णायक खेलमा सबालिंकाले विम्बल्डन बिजेतालाई ४-६, ६-३, ६-४ ले हराएकी थिइन् ।
उनले पुरस्कार लिदै खुशी मनाउदा उनका प्रशिक्षक एन्टोन डुब्रोभ भाबुक भएका थिए ।
“म अझै पनि काँपिरहेको छु र धेरै अत्तालिएको छु,” उनले प्रस्तुति अघि दर्शकहरूलाई भनिन्।
प्रतिक्रिया