विराटनगर,२० माघ । तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा आज यहाँ सम्पन्न भएको छ ।
प्रदेश नं. १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा शुरु भएको ग्रेडिङमा तेक्वान्दोका खेलाडीहरुले कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो डान ग्रेडिङका लागि सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दिएको आइटिएफ तेक्वान्दोको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष प्रविण कार्कीले जानकारी दिनु भयो ।
प्रदेशका १२ जना महिला सहित ४१ जना तेक्वान्दो खेलाडीहरूको प्रयोगात्मक परीक्षा अन्तर्गत काँता प्रदर्शन गर्नुका साथै परीक्षामा उत्तीर्ण हुने खेलाडीहरुलाई ग्रेड वृद्धि गरिने कार्कीले बताउनु भयो ।
नेपाल खेलकुद महासङ्घका संयोजक पर्शुराम बस्नेतले अन्तर्राष्ट्रिय खेलाडीहरुलाई मासिक रुपमा पोशण भत्ता उपलव्ध गराउने कार्य शुरु गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
उहाँले राज्यले खेलाडीहरुले खेल खेलेर आत्मनिर्भर हुने नीति ल्याउनु पर्नेमा जोड दिदै निजी क्षेत्रले खेलकुदलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
सांसद शिला दीक्षित कार्कीले खेलाडी राष्ट्रको गहना भएकोले उनीहरुलाई उच्च प्रशिक्षण लगायतका पूर्वाधार निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
आईटिफका मुख्य प्रशिक्षक कार्की, प्रमुख प्रशिक्षक चतुरलाल चौधरी र धनबहादुर लखान्द्रले सङ्घीयताको स्थापना पछि मोफसलबाट ग्रडिङ्ग परीक्षा शुरु भएको जानकारी दिनु भयो ।
पोखरामा गत असोजमा सम्पन नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा आईटिएफले प्रदेश नं १ ले सबै भन्दा वढी तीन स्वर्ण सहित १० पदक ल्याई छैठो स्थान ल्याउन सफल भएको थियो ।
प्रतिक्रिया