अमेरिकी बास्केटबल लेकर्स टोलीका महान खेलाडी स्व कोबे ब्रायन्टले लगाउने २४ संख्याको गन्जी(जर्सी) ५.८ मिलियन अर्थात् ५८ लाख डलरमा बिक्री भएको छ ।
लिलामी घरका अनुसार ब्रायन्ट वस्तु लिलामीमा बिक्री भएको सबैभन्दा मूल्यवान र दोस्रो सबैभन्दा मूल्यवान बास्केटबल गन्जी (जर्सी)भएको सिएनएनले जनाएको छ
२४ नम्बर जर्सी( गन्जी संख्या चौबिस )को बजार मूल्य ५–७ मिलियन डलर अनुमान गरिएको थियो । एनबिएका अनुसार स्व ब्रायन्टले आफ्नो २००७-२००८ मा भएको प्रति खेलमा औसत लगभग २८.३ अंक र नियमित खेलमा २,३२३ अंक बनाएका थिए ।
बिक्री भएको गन्जी जुन उनले २००८ मा भएको खेलमा लगाएका थिए जहाँ उनले लेकर्सलाई पहिलो पटक एनबीए अन्तिम चरण (फाइनल)मा पुर्याएका थिए ।
ब्रायन्टको मृत्यु भएको तीन वर्षको वार्षिकोत्सवको लगत्तै यो लिलामी भएको हो । जहाँ उनी र उनकी १३ वर्षीया छोरी जियाना मारिया ओनोर ब्रायन्ट जनवरी २०२० मा क्यालिफोर्नियाको कालाबासमा भएको उदग्रबिमान (हेलिकप्टर )दुर्घटनामा मारिएका नौ जनामध्ये थिए।
एनबिएमा आफ्नो समयमा ब्रायन्ट पाँच वटा प्रतियोगिताका बिजेता (च्याम्पियनशिप)चार एनबिए सम्पूर्ण महत्वपूर्ण खेलाडी पुरस्कार, दुई एनबिए अन्तिम चरण का महत्वपूर्ण खेलाडी र दुई ओलम्पिक स्वर्ण पदक जितेका थिए।
प्रतिक्रिया