नेकपा एमाले अध्यक्ष ओलीले नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनकोे उद्घाटन गर्नुहुने

इनेप्लिज २०७९ माघ २९ गते १७:०३ मा प्रकाशित

विराटनगर,२९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको विराटनगरमा उद्घाटन गर्नु हुने भएको छ ।

अध्यक्ष ओलीले विराटनगर–२ स्थित शङ्करपुरको खुला चौरमा आगामी फागुन ७ गते उद्घाटन गर्नु हुने महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुल समारोह समितिका संयोजक नन्द बस्यालले जानकारी दिनु भयो ।

यसैगरी सोही अवसरमा अध्यक्ष ओलीले ‘केपी ओली रोडरेस(सडक दौड) प्रथम संस्करण–२०७९’को समेत उद्घाटन गर्नु महासङ्घका संयोजक पर्शुराम बस्नेतले बताउनु भयो ।

यस्तै फागुन २ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय पुष्पलाल स्मुति ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्नु हुने संयोजक बस्नेतले जानकारी दिनु भयो ।

महाधिवेशनको ८० प्रतिशत तयारी पुरा भएको सोही अवसरमा जानकारी दिइयो ।

महाधिवेशनका अवसरमा कराँते, उशुु, तेक्वान्दो खेलहरु प्रदर्शन गरिने भएको छ।

प्रतिक्रिया