क्यान्सस सिटी चिफ्सले जित्यो ५७ औ एनएफएलको निर्णायक अमेरिकी फुटबल खेल प्रतियोगिता

इनेप्लिज २०७९ फागुन १ गते १२:०० मा प्रकाशित

गत फेब्रुअरी १२ आइतबारका दिन सम्पन्न अन्तिम एनएफएल ५७ औ अमेरिकी फुटबल(भकुण्डो) खेल प्रतियोगिता क्यान्सस सिटी चिफ्सले जितेको छ ।

चार वर्षको अवधिमा कन्सास सिटी चिफ्स अमेरिकी भकुण्डो टोलीले समेत यो दोस्रो पटक बिजयी हासिल गर्न सफल भएको छ । अर्थात् क्यान्सस सिटी खेल टोली सुपर बल प्रतियोगिताको बिजयी टोली भएको छ ।

उक्त खेल टोलीका अत्यन्तै प्रसिद्ध चर्चित खेलाडी क्वार्टरब्याक प्याट्रिक माहोम्सको नेतृत्वमा रहेको चिफ्सले आइतवार एरिजोनाको ग्लेन्डेलमा फिलाडेल्फिया ईगल्सलाई ३८-३५ ले हराएको छ । खेलाडी ह्यारिसन बुटकरले ८ सेकेन्ड बाँकी रहँदा २७ यार्ड (गज)को भूमि लात्ती प्रहार (फिल्ड गोल किक) गरे पछि क्यान्सस सिटी चिफ्सले जीत हात पारेको हो ।

तीन वटा टचडाउन (भकुण्डोलाई समात्नु ) र १८२ गजमा फ्याकेका प्याट्रिक माहोम्स खेलको सबैभन्दा मूल्यवान खेलाडी घोषित भएका छन् । उनलाई बिहीबार प्रतियोगिताको एमभिपी उपाधि दिइएको छ ।

कार्यक्रमको मध्यान्तरमा अमेरिकी गायिका रेहानाले बेजोड प्रस्तुती दिएकी थिइन् ।

प्रतिक्रिया