विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु

इनेप्लिज २०७९ फागुन ११ गते २३:४४ मा प्रकाशित

विराटनगर ,११ फागुन । विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा विराटनगर–६ केशलिया पुल नजिक रहेको एमविजे क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो । विहिबार भएको खेलमा सत्यनारायण मावि र सरस्वती मावि विजयी भएका छन् ।

पहिलो खेलमा सत्यनारायणले बुढानिलकण्ठ स्कूललाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बुढानिलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई ५९ रन बनाएको थियो भने सत्यनाराणले ९ दशमलव ३ बलमा ३ विकेटको क्षतिमा सो लक्ष्य पार गरेको थियो ।

यस्तै दोस्रो खेलमा सरस्वती माविले पोखरिया माविलाई ७५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका सरस्वतीले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो भने पोखरियाले १६ ओभरमा सवै विकेट गुमाई ७६ रन मात्र बनायो ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा आठ वटा नीजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतियोगितामा विराटनगरको बाल्मीकि, बुढानिकलन्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरीया, मनकामना र राइजिङ नेपाल सहभागि रहेका छन् । प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफि र प्रमाणपत्र पाउँनेछन् । बेस्ट ब्याटर, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डरले हुने खेलाडीले विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीको तर्फबाट छात्रवृत्ती पाउँनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख खर्च हुने अनुमान गरिएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले यो प्रतियोगिता सकिएलगतै मार्च ३ तारिखबाट महिला क्रिकेट प्रतियोगिता विराटनगरमा गर्दैछ । सामुदायिक विद्यालयको मात्र महिला खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने फाउण्डेसनको अध्यक्ष श्रेष्ठले बताए । क्रिकेट खेलको ग्रासउटबाट विकास गर्ने उद्देश्यले स्कुल तहबाट यस्तो प्रतियोगितामा जोड दिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया