ईनेप्लीज
फेब्रअरी २४, २०२३ वाशिंगटन डिसी
भोली फेब्रअरी २५ शनिवार भर्जिनियाको मनासस शहरमा हुन गईरहेको सोनाम ल्होशारमा नेपालकी ख्यातिप्राप्त चर्चित गायीका शशिकला मोक्तान र एन्जल्स ब्याण्डका पप् स्टार राजु लामाले सबैलाई नचाउने भएका छन्।
नेपाल देखी नै आएकी ख्यातिप्राप्त चर्चित गायीका शशिकला मोक्तान बिशेषगरी ” तामांग शेलो ” गीतको नेपालकै सर्बाधिक चर्चित गायीका हुन्। अमेरिकाका बिभिन्न राज्यहरुमा शशिकला मोक्तानले गाउन शुरु गर्दा बित्तिकै दर्शकहरु जुरुक्कै उठेर सबैजना नाचेका थिए। जो कोहीलाई पनी मनोरंजन हुने आकर्षक नेपालको संस्कृती ” तामांग शेलो ” नृत्यमा भर्जिनियाका नेपालीहरुले पनी भरपुर मनोरंजन लिनु हुने आशा गरेका छम् — आयोजक संस्था तामांग सोशाईटी अफ् ग्रेटर वाशिंगटनका उत्तर लामाले बताए।
यसैगरी, युवा युवतीहरुले एकदमै मन पार्ने पप् स्टार एन्जल्स ब्याण्डका राजु लामाको गीतमा पनी नेपालमा र अमेरिकामा जहाँ पनी युवा युवतीहरु उफ्री उफ्री नाचेका थिए र शनिबार भर्जिनियामा फेरी पनी नचाउने छन्।
नेपालका ख्यातीप्राप्त कलाकारहरु शशिकला मोक्तान र एन्जल्स ब्याण्डका पप् स्टार राजु लामाको साथै न्युयोर्क देखी आऊनु हुने संजोक योञ्जनको लोक भाकाले फेरी छुट्टै मनोरंजन दिनेछ – उत्तर लामा भन्छन्। यसैगरी तामांग संस्कृती / अर्गानिक ” तुन्डा ” संगीत प्रस्तुत गर्नको लागी टेक्सास देखी छिरिङ्ग दोङ्ग लामा आउंदै छन्।
स्थानीय अन्य कलाकारहरुको प्रस्तुतीको साथै आधुनिक गित, लोक गीत , पप् र आकर्षक तामांग शेलो प्रस्तुत हुने ,बहुतै मनोरन्जात्मक सांस्कृतिक कार्यक्रम र स्वादिस्ट रात्री भोज सहितको ” सोनाम ल्होशार ” कार्यक्रममा ऊपस्थितीको लागी आयोजक संस्था तामांग सोशाईटी अफ् ग्रेटर वाशिंगटनका अध्यक्ष दावा तामांग, ल्होशार संयोजक रोजी घिसिङ्ग र निबर्तमान अध्यक्ष उत्तर लामाले यसै सुचना मार्फत सबैलाई निमन्त्रणा गरेका छन्।
कार्यक्रम ६:३० बजे देखि शुरु हुनेछ ।
कार्यक्रम हुने ठाउँ / ठेगाना
Venue: Manassas Ballroom 9509 Lee Ct., Manassas, VA 20110
Date : Saturday, Feb. 25th, 2023
Time: 6:30PM
प्रतिक्रिया