फागुपुर्णिमाको धार्मिक र सामाजिक महत्व

अरुण रुपाखेती २०७९ फागुन १९ गते १२:२३ मा प्रकाशित

उत्साह उमंगको प्रतिक बसन्त ऋतुको आगमन संगै फाल्गुण पूर्णिमा वा चैत्रशुक्ल प्रतिपदाको दिन मनाईने यस पर्वलाई लिंङ्ग पुराण, वराहपुराण, रामायण, महाभारत, जैमिनि ऋषिहरुद्वारा रचित तथा मिमाँसा दर्शनकोआरम्भ भएको मानिने पूर्व मिमाँस सूत्र आदि ग्रन्थहरुमा उल्लेख गरिंदैवैदिककाल, आर्यकाल, मुगलमाल हुंदै ठाउं, स्थान वा प्रदेश अनुसार फागु, फगुवन, होली, धुलेंडी, छाँगरी, होरी, बसन्तोत्सव, मदनोत्सव, आदी नामलेमनाईन्छ ।

फागु अर्थात होली मुख्यतया मैथली साँस्कृतिक हिन्दुहरुको महत्वपुर्णराष्ट्रिय पर्व हो । यसको साथै मुगलकालमा मुगल सम्राट अकवरले आफ्नोदरवारमा मुसलमान समुदाय विच होली खेलाई मुसलीम समुदायमा पनियसको शुरुवात गरेको हुँदा हालसम्म पनि मुस्लिम समुदायमा पनी होली पर्वमान्दै आएको पाईन्छ । यस बर्षलाई मुख्यतया दुई पक्षवाट हेर्न सकिन्छ ।

धार्मिक पक्षः वेद अनुश्रील, श्रीमद्भागवत, नारायण पुराण, भविश्य पुराण, लिंङ्ग पुराण, रामायण, महाभारत, लगायतका धार्मिक ग्रन्थमा हेर्दा भगवानभक्त प्रल्हादलाई हिरण्यकसिपुले कुनै उपायवाट पनि मार्न नसकेपछिअग्नीले डडाउन नसक्ने गरी सूर्य भगवानवाट वरदान प्राप्त हिरण्यकसिपुकोबैनी होलीकालाई प्रयोग गरी भगवानभक्त प्रल्हादलाई लिई आगोमा पस्दापापी राक्षसनीलाई आगोले डडाई प्रल्हादलाई केही नभएपछि चौर तिरहर्षउल्लास गर्दै डडेकी राक्षसनीको दहनवाट निसकेको खरानी हावामाउडाउँदै, लगाउँदै रमाईलो गरेको दिनलाई होली मान्दै त्यसमा विभिन्न रंगहरुमिसाई रंगेली पर्व मनाउन थालेको पाईन्छ । त्यसैले होलीको दहन गरीखरानी नवनाई रंगहरु लगाउन मिल्दैन । अर्को कुरा होलीको दहनवाट निस्कनेधुवाँवाट वातावरणमा रहेका किटाणुहरु पनि मर्छन अनि रंग होली खेल्नु पर्छभन्ने मान्यता रहेको पाईन्छ ।

सामाजिक पक्षः वसन्त ऋतुको आगमनको साथ हर्ष, उमंङ्ग र उत्साहकासाथ समाज परिवारमा भएका आपसी बैमनश्यतालाई विर्संदै साथीभाई, नातागोता घरघरमा वा सामाजिक स्थलमा जम्मा भई अंकमाल गर्दैअहिलेसम्म रहेका सम्पुर्ण रिसरागलाई त्याग्दै ढोलक बजाई, विभिन्न होलीगितहरु गाउंदै आपसमा विभिन्न रंगहरु आदान प्रदान गर्दै अर्थात लगाउँदैहर्षोउल्लासका साथ मनाउने र प्रसादका रुपमा मिठाईहरु आदान प्रदान गर्नेपारस्परीक सामुहिक रात्रीभोजको आयोजना गर्ने भएकाले यस पर्वलाईसामाजिक वा पारीवारीक मिलनको प्रतिकको दिनको रुपमा मानिन्छ ।

केही थप जानाकारी

१. विवाहित महिलाले पारीवारीक शुख सम्वृद्विको लागी पुर्ण चन्द्रको पुजागर्ने दिन ।

२. वैदिककालमा यसलाई नवात्रैष्टी यज्ञ भनिन्थ्यो र उक्त यज्ञमा आधापाकेका अनाजहरु दान गरीन्थ्यो र यसलाई होला भनिन्थ्यो । यसरीहोलावाट गरीने दानकै नामवाट होली उत्सव भनिन थालियो ।

३. यस दिन देखी चैत्र शुक्ल प्रतिपदा शुरुभई नव बसन्त अर्थात वसन्त ऋतुआरम्भ हुन्छ । यसै दिन व्रह्मजीले प्रथम पुरुष मनुको श्रृष्टी गर्नु भएको थियो। त्यसैले यसलाई मन्दादितिथी पनि भनिन्छ ।

४. ठाउँ र प्रदेश अनुसार कुनै समाजले यसलाई भगवान शिव र हनुमानकोआरधना गर्दै मनाएको पनि पाईन्छ, त्यसैले यसलाई शक्ति पुजनकोखुसियालीको दिन पनि मानिन्छ ।

५. भगवान कृष्ण र राधामाताको पवित्र प्रेमको साथमा सम्पुर्ण संगीनीहरुहोली पर्व मनाउने गर्छन भन्ने विश्वासले यसलाई राधा कृष्णको पवित्र प्रेमकोदिनको रुपमा पनि मानिन्छ ।

६. लिंङ्गपुराणमा:

​फाल्गुने पौर्णमासी च सदा वालविकासिनीज्ञेया फाल्गुनिका सा च ज्ञेयालोकर्विभूतये ।।

​अर्थातः फागुन पूर्णिमाको यो पर्व वालवालिकाले खेल्ने रमानिसहरुलाई यसले विभूत अर्थात ऐश्वर्य दिने पर्व जनाउँछ ।

वराहपुराणमाः

​फाल्गुने पौर्णमास्यां लु परवासविलासिनीज्ञेया सा फाल्गुनी लोकेकार्यलोक समद्वेय ।।

​अर्थातः यो धुलो वा चुर्णयुक्त कृडा भएको पर्व हो ।

७. द्वापर युगमा कृष्णलाई बध गर्न कंशद्वारा पठाएकी पुतनाले आफ्नोविषयुक्त स्तन चुसाउँदै मार्ने प्रयास गर्दा आफै मारीएकी र उनलाईब्रजवासीहरुले जलाई फागु महत्सव मनाउन सुरु गरीएको पनि पाईन्छ ।

८. यो पर्व तिन दिन सम्म मनाईन्छ, जसमा प्रथम दिन होली दहन रातभरीगरीन्छ र यसलाई संवत्सर दहन पनि भनिन्छ । दाश्रो दिन दहनको खरानीवाटहोली खेलि हावामा उडाएर वातावरण शुद्व पारिन्छ अर्थात किटाणुहरु मारिन्छर तेश्रो दिन विभिन्न रंगहरुवाट आपसी मित्रता कायम गरन्छि ।

९. आज आएर संसारका विभिन्न देशहरुमा पनि होली पर्व मनाईन्छ । जस्तैःश्रीलंका र इण्डोनेसीयामा आगोको पुजा गरेर, म्यानमार र थाईल्याडमापानीको पुजा गरेर, चिनमा डाइनोसियसको पुजा गरेर, इजिप्टमा नाचगानहास्य कार्यक्रम गरेर र केहि अन्य देशहरुमा नयाँ अन्नको साथ रमाईलो गरेर।

प्रतिक्रिया