कवि कमलप्रसादको कवितासङ्ग्रहको विमोचन कार्यक्रम हुंदा कवयित्री पूर्णलक्ष्मीले आफ्नो कवितासङ्ग्रहको निमन्त्रणा त्यहाँ उपस्थित भएका साहित्यकारहरुलाई बाड्दै थिइन् । कवि रमेशलाई चाहि उसले निमन्त्रणा कार्ड दिन छुटाइन् र मलाई चाहि आफ्नो कवितासङ्ग्रको विमोचन कार्यक्रमको निमन्त्रणा किन पूर्णलक्ष्मीले नदिएको होला कवि रमेशले मनमनै भन्यो ।
त्यहाँ उपस्थित भएका कवि गोविन्दप्रसादले “अर्को शनिबार पूर्णलक्ष्मीको कवितासङ्ग्रहको विमोचनमा पनि हामी दुईजना आजको जस्तै संगै गफ गर्दै आउने हैं रमेशजी ?” भने । “खैं मलाई उनले निमन्त्रणा कार्ड नै दिइनन् कसरी संगै गफ गर्दै आउने हामी ? निमन्त्रणा नगरीकन” कवि रमेशले भने । अर्को कवि धु्रवप्रसादले “निमन्त्रणा नगरेको नै ठीक भयो नि हाम्रो रमेशजीलाई निमन्त्रणा ग¥यो भने आउनको लागि गाडी खर्च पनि आफ्नै जान्छ उहाँको गाडी खर्च नै बच्ने भयो नि उहाँलाई निमन्त्रणा नगर्दा” भने ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया