गरिब भए पनि यो संसारमा सुखले बाचेको छु
आफ्नो स्वाभिमानमा म रमाएको छु
ढिँडो र सिस्नोको तरकारी मिठो मानी खाएको छु
खेतबारीमा पसिना बगाएर रमाएको छु
आशा छ पैसा कमाएर घर परिवार सुखी राख्छु
ठुला ठुला महल नभए पनि सानो झुपडीमा रमाएको छु
गाडी, मोटर चढ्न पैसा नभएर नाङ्गै खुट्टा हिँडेको छु
गरिब भए पनि यो संसारमा सुखले बाचेको छु
श्रम गरेर एक छाक खाए पनि मनमा कुनै दुःख छैन
सबैलाई सहयोग गर्छु कसैको मन दुखाएको छैन
त्यसैले मैले सबैको माया पाएको छु
गरिब भए पनि यो संसारमा सुखले बाचेको छु
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया