उर्मिलाका छोरी थिएनन् । तिनजना छोराहरु थिएँ । जेठा र कान्छा छोराहरु बाहिर बाहिरै थिएँ । लोग्नेको मृत्यु पश्चात माइलो छोराको रेखदेखमा जीवन गुजारा चलाउँदै आएकी थिइन् उर्मिलाले । एकदिन उर्मिला साह्रै बिरामी परिन् । आफ्नी आमा बिरामी परेको खबर थाहा पाएर जेठा र कान्छा दुबै छोराहरु आइपुगे । उर्मिलाले सबै छोराहरुको अनुहार हेरिन् । हात समाउदै भनिन् “म मरेपछि मेरो नाममा बैंकमा बाँकी रहेको पैसा माइलालाई दिनु ।” जेठा र कान्छाले “हुन्छ आमा” भने । “आमा मलाई तपाईको माया र साथ भए पुग्छ बैंकमा भएको पैसा चाहिदैन” माइलाले भन्यो । माइलो घोप्टो परेर बिलौना गर्न थाल्यो । यत्तिकैमा स्या स्या गर्दै उर्मिलाले संसार छाडिन् ।
तेह्र दिनको काज किरिया बसेर सकेपछि माइलाले भन्यो “बैंकमा आमाको नाममा बाँकी भएको पैसा मलाई लिनु भन्नु भएको छ हजुरहरुले लिन पाउनु हुन्न ।” “आमाले आफ्नो नाममा बाँकी रहेको पैसा तँलाई दिनु भन्नु हुँदा आमाको अगाडि चाहिँ मलाई हजुरको माया र साथ भए पुग्छ पैसा चाहिदैन भन्ने अहिले आएर पैसा म लिन्छु हजुरहरुले लिन पाउनु हुन्न भन्न तँलाई कति पनि लाज लाग्दैन” दाजुले भने । “अब हाम्रो आमा यस संसारमा हुनुहुन्न, हामीले आमाको माया र साथ पाउन यो जन्ममा सक्दैनौ त्यसैले अब आमाको नाममा बाँकी भएको पैसा मैले नै लिन पाउनु पर्छ नत्र म हजुरहरुको बिरुद्धमा अदालतमा गएर मुद्दा नहाली कहाँ छाड्छु र ?” माइलाले भने ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया