छक्का पन्जा ४ भर्जिनियामा छिट्टै प्रदर्शन हुँदै

इनेप्लिज २०७९ फागुन २३ गते २:५८ मा प्रकाशित

छक्का पन्जा ४ नेपाली चलचित्र भर्जिनियामा छिट्टै प्रदर्शन हुने भएको छ । दीपकराज गिरी र दिपश्री निरौलाले निर्माण गरेका हुन् भने छक्का पञ्जा ४ हेमराज बीसीद्वारा निर्देशित एक नेपाली चलचित्र हो ।

भर्जिनियामा एवरेस्ट लायन्स फ्रेन्डशिप एसोसिसनको आयोजनामा प्रदर्शन हुनेछ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, दिपश्री निरौला, नीर शाह, मलिना जोशीको अभिनय रहेको छ ।

छक्का पन्जा ४ चलचित्रको अमेरिका र क्यानाडाको लागि अधिकृत वितरक एभरेस्ट इन्टरटेनमेन्ट हो।

अमेरिका र क्यानाडाको कुनै पनि शहरमा यो चलचित्र देखाउन चाहनुहुन्छ भने एभरेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकारी अपार श्रेष्ठसंग सम्पर्क गर्न सक्नु हुनेछ।

सम्पर्कको लागि ४४३ ४१८ ४३४४ अपार श्रेष्ठ ,दिलिप श्रेष्ठ -४४३ ३७४ ८६२५ ,बिकी थापा -४४३ ४४७ ०८०१ या रमेश भट्ट नेपाली छोरो -४१० ३१८ ९६९३ वा [email protected] मा सम्पर्क गर्नु सक्नु हुनेछ ।

प्रतिक्रिया