सरला एउटा प्राइभेट अफिसमा मैनेजर साहेबको पि.ए. भएर काम गर्छिन् । कुनै दिन मैनेजर साहेबले अफिस छुट्टि भएपनि म अफिसबाट बाहिर ननिस्केसम्म तिमी निस्किन मिल्दैन नि भन्दछन् । कुनै दिन मेरा घरमा पनि तिमी काम पर्दा जानुपर्छ नि भन्दछन् ।
मैनेजर साहेबले त्यसो भन्दा सरला विवाह गरिसकेकी महिलालाई कस्तो कस्तो लाग्दछ । उनलाई लाग्दछ अब यो अफिसमा जागिर खानु ठीक हुँदैन होला । श्रीमान्सँग सल्लाह गरेर अन्त जागिर खोज्न लगाउनु पर्ला । घरमा बेलुका पुगेपछि श्रीमान्सँग अप्ठ्यारो मानेर बिस्तारै भन्दछिन् मलाई अन्त अलि राम्रो जागिर हजुरले खोजिदिनु प¥यो ।
श्रीमान्ले त्यही अहिले खाइरहेको जागिर खान मन लागेन कि भन्दछन् । होइन अहिले जागिर खाएको ठाउँमा कुनै दिन मैनेजर साहेबको घरमा जान पनि पर्छ रे । मलाई अन्त जागिर खोजिदिन भनेर मैले हजुरसँग भनेकी छु ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
लघुकथा
प्रतिक्रिया