काठमाडाैँ,
मिति २०७९/११/२२ गते ११३औँ अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा साहित्यिक चौतारी नेपाल बाग्मती शाखाकाे आयोजनामा रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
साहित्यिक चौतारी नेपाल, बागमती शाखाकी अध्यक्ष समाश्रीकाे अध्यक्षता सम्पन्न उक्त कार्यक्रम सञ्चालन साहित्यिक चौतारी नेपालको बाग्मती शाखाकी उपाध्यक्ष कमला महतले गर्नु भएकाे थियाे । कार्यक्रम भर्च्युअल प्रविधि मार्फत सञ्चालन भएकाे थियाे ।
कार्यक्रममा सहित्यिक चाैतारी नेपाल केन्द्रिय सदस्य माया उपाध्याय, बाग्मती शाखा सदस्यहरू कल्पना भट्टाराई, ताराप्रसाद चापागाईँ, कल्पना भण्डारी लगायत विभिन्न श्रष्टाहरूले छन्द कविता, गद्य कविता, टुक्का कविता, सुसेली लगायत विभिन्न विधाका सिर्जनाहरू वाचन गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष समाश्रीले अझै पनि हाम्राे समाजमा नारी र पुरुष विच हुने भेदभावकाे अन्त्य हुन नसकेकाे अवस्थामा साहित्यिक स्रष्टाहरूले नारी हक हितकाे विषय तथा समानताकाे कुराहरू उठान गर्दै सशक्त रुपमा चाेटिला सिर्जनाहरू प्रस्तुत गर्नु भएकाेमा सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु भएकाे थियाे ।
प्रतिक्रिया