बिहान मर्निङ्ग वाकमा घरबाट निस्केपछि एउटा तरकारी पसलमा आलु देखेर “आलु धार्नीको कति ?” भने । “आलु धार्नीको असी रुपैँया मात्रै सर” साहुजीले भने । “अहिले मैले पैसा बोकेको रहेनछु एकछिनपछि पैसा लिएर आलु किन्न आउँछु है” मैले भने ।
केही बेरपछि घरमा पुगेर पैसा राखेको पर्स लिएर म त्यही पसलमा आलु किन्न पुगे । साहुजीसँग प्लाष्टीकको थैली मागेर आलु छाने । आलु छानेर जोख्दा साढे दुई धार्नी जति आलु रहेछ । साढे दुई धार्नी आलुको हिसाब गरेर दुईसय रुपैँया मैले पर्सबाट निकालेर साहुजीलाई दिए । साहुजीले “पच्चीस रुपैँया पुगेन” भने । “कसरी पुगेन साहुजी आलु धार्नीकोे असी रुपैँया होइन ?” मैले भने ।
“आलु धार्नीको नब्बे रुपैँया हो” साहुजीले भने । “अघि म मर्निङ्ग वाक गर्न आउँदा तपाईले आलु धार्नीको असी रुपैँया भन्नु भएको थियो नि” मैले भने । “त्यो असी रुपैँयाको बोराको आलु सकियो नि । यो बोराको आलु नब्बे रुपैँया धार्नीको हो नि” साहुजीले भने । “अघि तपाईकोे पसलमा आउँदा मैले पैसा राखेको पर्स बोकेर आउनु पर्ने रहेछ नि साहुजी मलाई घाटा पो पर्ने भयो नि” मैले भने ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया