राजुको पुरानो साथी जीतकुमारीसँग भेट भयो । जीतकुमारीले राजुको केटाकेटी कतिजना भयो ? भनिन् । “मेरो विवाह भएको छैन आफूलाई सुहाउने केटी खै जुराउनै सकेन” राजुले भने । “तपाईलाई सुहाउने खालकी केटी म खोजीदिन्छु नि त तपाईको विवाहको भोज पनि खान पाइन्छ” भन्दै राजुको मोबाइल नम्बर जीतकुमारीले टिपिन् । एकहप्ता पछि राजुको मोबाइलमा फोन गरेर “तपाईलाई भनेजस्ती सुहाउने केटी मैले फेला पारेको छु” भनेर केटा र केटीलाई भद्रकाली मन्दिरमा बोलाएर हेर्न लगाइन् । केटाकेटी दुबैको एक आपसमा मन मिल्यो र केटालाई जीतकुमारीले केटी मन प¥यो कि परेन ? प्रश्न गरिन् । “मलाई केटी मन प¥यो” टाउको हल्लाएर राजुले भने ।
त्यसपछि उनीहरुको विवाहको लगनको दिन पुरोहितलाई हेर्न लगाएर भद्रकाली मन्दिरमा नै उनीहरुको विवाह सुसम्पन्न भयो । विवाहको कार्य सकिएपछि केटीको क्याम्पसमा सँगै पढ्दाखेरी एक आपसमा प्रेम भएको केटाले मेरो गर्लफ्रेण्डसँग तैंले विवाह गर्ने भनेर दुलाहाका गालामा थप्पड हान्यो । राजुको गालामा त्यो केटाले थप्पड हानेपछि “तिम्रो प्रेमिकाले मेरो ब्वाइफ्रेन्ड छ हामीलाई किन नभनेको त हाम्रो यसमा के गल्ती छ र ?” राजुले भने । “मलाई यस्तो धोका दिने तिमीले भनेर राजुसंग विवाह भएको केटीलाई त्यो केटाले तानेर मोटरसाइकलमा हालेर आफ्नो बाटो लाग्यो । सामाखुसी मार्ग, ९३५÷५४
काठमाडौं (नेपाल)
प्रतिक्रिया