ठूलो एकादशीको दिन मासु पसल खोलेर मासु विक्री गरीरहेको मेरो आँखाले देख्न पुगे । मासु विक्री गरेको देख्ने वित्तिकै मैले मासु बेच्ने साहुनीसँग “आज त ठूलो एकादशीको दिन हो नि आजको दिन मासु पसल खोल्न र मासु विक्री गर्न नहुने दिन हो नि” भने । “ठूलो एकादशीको दिन भनेर के गर्ने मासु खान मन लाग्नेहरु मासु किन्न आइरहेकै छन्” साहुनीले भनिन् । “तपाईहरुले आजको दिन मासु पसल बन्द गरेमा मासु किन्न आउनेहरु मासु किन्न नपाएर फर्कन्छन् नि” मैले भने ।
“अहिलेको सरकारले महिनाको दुई दिन एकादशी पर्दा मासु पसल खोल्न पाइदैन मासु पसल खोलेमा सरकारले आवश्यक कारवाही गर्नेछ भनेर सूचना निकाले हामी मासु बेच्नेहरुले महिनाको दुई दिन पसल बन्द गरेर आराम गर्न पाउने थियौ” साहुनीले भनिन् । “मासु खान मन लाग्नेहरुले एकादशीको र औंसीको दिनमा पनि मासु किनेर लैजानेको सङ्ख्या बढेकोले नै मासुको मूल्य बढेको हुनुपर्छ होइन त साहुनी” मैले भने ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया