विराटनगर, ३ चैत । नेपाल –भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ।
नेपाल क्रिकेट फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलमा मेरीलीवोन क्रिकेट क्लव संयुक्त्त अधिराज्य, रेड मड कफि र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकट मैदानमा चैत ४,५, ६ र ७ गते तीनबटा टि –२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला क्रिकेट खेल प्रतियोगिता हुने जनाएको छ ।
फाण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एशोसिएशन र विराटनगर क्रिकेट क्वव एण्ड एकेडेमीवीच मैत्रीपूर्ण प्रतियोगिता हुने बताउनु भयो ।
भारतीय टीममा विभिन्न राज्यबाट टि २० खेल्ने खेलाडीहरुको सहभागिता हुने जानकारी उहाँले दिनु भयो ।
यसैगरी नेपालतर्फबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता रहेका महिला खेलाडी समावेश रहेको छन्।
प्रतियोगितावाट दुई वीचको खेल सम्वन्ध विकसित हुनुका साथै नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुग्ने नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले बताउनु भयो ।
मैत्रीपूर्ण खेलमा उत्कृष्ट व्याटर, बलर, खेलाडी र किपरलाई पुरस्कृत गरिने छ।
नेपालमा क्रिकेटको स्थानीयस्तरमा विकास गर्नका लागि फाउण्डेशनले आगामी दिन थप पुरुष तथा महिलाको प्रयोगिताको आयोजना गर्ने बताइएको छ ।
प्रतिक्रिया