विराटनगर,५ चैत । विराटनगरमा जारी प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एशोसिएसन छ विकेटले विजयी भएको छ ।
विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगिता भारतको क्रिकेट एशोसिएशनले नेपाल क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सवै विकेट गुमाई ९७ रन बनाएको थियो ।
भारतीय क्रिकेट एशोसिएशनले १९ दशमलव १ बलमा ४ विकेट गुमाई विजयी भएको छ । चार खेलको श्रृङ्खला १–१ को बराबरी भएको छ।
यस अघि शनिवार भएको पहिलो खेलमा नेपालले भारतलाई ९ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया