अमेरिकामा पढ्दै गरेका ३ जना उत्साही युवाहरूले अमेरिकाबाट नेपालको वर्तमान शिक्षा प्रणालीलाई समय सापेक्ष र प्रभावकारी बनाउनका लागि सुरु गरिएको एउटा विशुद्ध शैक्षिक सामाजिक अभियान Trinket for Education ( http://trinketforeducation.org/ ) को शुभारम्भ गरेका छन् । नवीन साउद अध्यक्ष, आशुतोष भट्ट सचिव, तिलक भट्ट कोशाध्यक्ष रहेको उक्त शैक्षिक सामाजिक अभियान Trinket for Education को हालै अमेरिकामा उद्घाटन गरियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मदर डट कमका प्रधान सम्पादक समेत रहनुभएका अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, वरिष्ठ अभिनेत्री एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्चका बोर्ड अफ रेक्टर पूजा लामा, लायन्स अभियन्ता व्यवसायी गणेश लामिछानेले शैक्षिक सामाजिक अभियान Trinket for Education को नाम अङ्कित केक काटेर र दियोमा बत्ती बालेर संयुक्त रुपमा अभियान को उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि खनालले कम्प्युटरमा बटन थिचेर पावर प्वाइन्ट शुभारम्भ पनि गर्नुभयो । उक्त कार्यक्रममा अभियानका तिनै जना उत्साही र उदाहरणीय युवाहरूले पावर प्वाइन्ट मार्फत अभियानको उद्देश्यका बारेमा प्रकाश पार्नुभयो । नबिन साउद, आशुतोष भट्ट र तिलक भट्ट तिनै जनाका प्रस्तुतिहरू ले उपस्थित सहभागीहरूको निकै मन छोएको सहभागीहरूले नै बताए ।
अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले आफू यस्तै विशुद्ध सामाजिक अभियानहरू सञ्चालन गर्नु पर्ने पक्षमा रहेको बताउँदै यो अभियानलाई आफ्नो पूर्ण साथ र सहयोग हुने बताउनुभयो । हामी परदेशमा छौँ, यहाँ पनि नेपालको फोहोरी राजनीति ल्याएर नेपाली नेपाली बिच विखण्डन ल्याउने काम बन्द गर्नु पर्ने बताउँदै वहाँले यी तिनै जना अभियानकर्मीबाट सबैले सिकेर आफ्नो देश र माटोको लागि केही गर्न प्रेरणा लिन सबैमा आग्रह गर्नुभयो ।
वरिष्ठ अभिनेत्री एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्चका बोर्ड अफ रेक्टर पूजा लामाले यो अभियानले आफ्नो मन जितेको बताउँदै यस अभियानमा आफू पनि साथ रहने र सक्दो सहयोग गर्ने बाचा गर्नुभयो ।
लायन्स अभियन्ता व्यवसायी गणेश लामिछानेले यो अभियानलाई साकार पार्न आफूले महिनवरी रूपमै आर्थिक सहयोग गर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय कलाकार मञ्चका महासचिव, आरजे, भिजे, कलाकार सरोज केसीले कार्यकमको उदघोसण गर्दै यस अभियान र अभियानक्रमीहरुको बारेमा स्पष्ट पार्नुभयो । कार्यक्रममा अन्य केही सहभागीहरूले पनि आफ्ना जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रमका केही तस्बिरहरू तल प्रस्तुत छन् :
प्रतिक्रिया