फागुन महिनाको उत्कृष्ट पाठक पुरुस्कार नवीन शाहलाई

इनेप्लिज २०७९ चैत ११ गते १०:३२ मा प्रकाशित

टीकापुर , कैलाली । टिकापुर सरोकार समुह र टीकापुर सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा गत मंसिर बाट संचालित उत्कृष्ट पाठक पुरस्कार कार्यक्रमको चौथो महिना फागुन २०७९ को पुरस्कार नवीन शाहले प्राप्त गरेका छन । फागुन महिना भरी पुस्तकालयमा आइ अध्ययन गर्ने १५३ पाठक मध्य उनले कुल ८४ घन्टा १४ मिनेट अनुशाशित र दत्तचित्त भइ अध्ययन गरेका थिए ।

टिकापुर नगरपालिका – १ निवासी शाह बिएससी कृषि बिज्ञानको प्रथम बर्षमा अद्द्यनरत बिद्यार्थी हुन । शाहलाई सम्मान स्वरुप रु १०,०००/- (दस हजार ) नगद र प्रमाण पत्र प्रदान गरिएको छ । उत्कृष्ट पाठक पुरुस्कारको यो चौथो शृङ्खला शुरेश मणि त्रिपाठीले आफ्ना पिताजी बुद्दीसागर मणि त्रिपाठीको सम्मानमा सौजन्य गर्नु भएको थियो ।

उक्त कार्यक्रममा पत्रकारको नजरमा टिकापुर सामुदायिक पुस्तकालय , सेवा , प्रभाव र प्रचार प्रसारका बारेमा टिकापुर क्षेत्रमा कार्यरत पत्रकारहरु संग छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । टीकापुरका वरिष्ठ पत्रकार मातृका तिमिल्सिना प्रमुख अतिथि रहनु भएको कार्यक्रमको सभापतित्व टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले गर्नु भएको थियो ।

टीकापुर सरोकार समुहका सचिव परमानन्द पाण्डेयले पुरस्कारको स्थापना पछि पुस्तकालयमा पाठक संख्यामा उल्लेख वृद्धि भएकोमा खुशी ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया