मेरिल्याण्डकी बेपत्ता भएकी २५ बर्षिय महिला भर्जिनियाको फेयरफ्याक्समा सुरक्षित फेला

इनेप्लिज २०७९ चैत १५ गते १:१६ मा प्रकाशित

मेरिल्याण्डको लरेलकी २५ बर्षिय बेपत्ता भएकी महिला भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा सुरक्षित फेला परेको प्रहरीले जनाएको छ । आइतवार बेपत्ता भएको खबर गरिएको एक लरेल शहरकी एक महिलामा सुरक्षित रूपमा फेला परेको लरेल प्रहरी बिभागले सामाजिक संजाल मार्फत जानकारी गराएको छ । उनि मंगलबार फेला परेकी छिन ।

“हामी यस विषयमा हाम्रो अनुसन्धान जारी राख्छौं र अहिलेसम्म जनताको सहयोगको कदर गर्दछौं,” विभागले सामाजिक संजाल (मेटा -फेसबुक)मार्फत सबैको प्रशंसा गरेको छ ।

सोमबार डिसी क्षेत्रको स्थानीय लोकप्रिय पत्रिका सेभेनन्यूजले २५ बर्षीया लरेन किंग्सबरीकी आमा ट्रेसी गोइन्ससँग कुरा गरेको समाचारमा उल्लेख गरेको छ ।

छिमेकीको सुरक्षा चित्रग्राहिणीको अङ्किय दृश्य (क्यामरा भिडियो)मा बेपत्ता भएकी लरेन र उनको पूर्व प्रेमिका ब्रिट्नीलाई उनको एक घरमा तान्दै, लरेनको कुकुरसँग बाहिर हिंड्दै, त्यसपछि सँगै हिड्दै गरेको देखाइएको छ। गत शुक्रबार उनलाई अन्तिम पटक देखिएको थियो ।

उनकी आमाका अनुसार यी दुई एक वर्ष भन्दा बढि समय देखि प्रेमजालमा बाधिएका र हालै प्रेम-टुटेको उनले बताइन ।

प्रतिक्रिया