काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा बुधवार जिल्ला अदालत काठमाडौँमा सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।
पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए ।
उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागी थुनामा पठाएको आदेश बदर गरेको थियो ।
सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको हो।
प्रतिक्रिया