सर्बज्ञसँग साहित्यिक कुरा : डा. सीता सुवेदी पन्थीसँग अन्तर्वार्ता : शृंखला -६

इनेप्लिज २०७९ चैत २४ गते १५:०८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार सर्वज्ञ वाग्लेले साहित्यकार डा. सीता सुवेदी पन्थीसँग गरेको साहित्यिक चर्चा :

डा. सीता सुवेदी पन्थी
अध्यक्ष ः बालसिर्जना मञ्च, नेपाल ।
स्थायी ठोगाना ः रेसुङ्गा नगरपालिका ९, गुल्मी
हाल ः सूर्यविनायक ३, बालकोट, भक्तपुर ।

१) आजकल तपाई अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?

साहित्यिक कृति अध्ययन गर्न मन लाग्छ । अध्ययन, अध्यापन, सिर्जनकर्म, सामाजिक, संस्थागत तथा पारिवारिक जिम्मेवारीलाई सन्तुलनमा राखेर अगाडि बढाउँदा व्यस्तता नै छ ।

२) तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?

साहित्य, जीवन र दर्शनको अन्योन्याश्रित सम्बन्ध छ । दर्शनले जीवनलाई मार्गनिर्देश गर्छ । जीवन भोगाइका अनुभव तथा दर्शनको प्रभाव साहित्यमार्पmत प्रकटीकरण हुन्छ । त्यसैले यी तीनै पक्ष अभिन्न छन् ।

३) तपाईंले अहिले निकाल्न लाग्नु भएको पुस्तकको नाम के के हो ? ती पुस्तकका बारेमा संक्षेपमा जानकारी दिनुहुन्छ कि ?

क्ेही समय अघि मात्र मेरा सातओटा कृति प्रकाशनमा आएका छन्, तिनको सार्वजनिकीकरण गर्ने विचारमा छु । तीमध्ये विभिन्न उमेरसमूहका बालकालिकाका लागि बालकविता तीनओटा, एउटा बालकाव्य, एउटा बाल चित्रकविता गरी पाँचओटा, मातापिता खण्डकाव्य र छन्दमालिका कवितासङ्ग्रह गरी सात कृति सँगसँगै सार्वजनिक गर्ने योजनामा छु ।

४) तपाईले साहित्य लेखन, अध्ययन र काममा उत्तिकै व्यस्त हुनुहुन्छ ? कसरी समय मिलाउनुहुन्छ ?

मेरो पारिवारिक वातावरण एकदमै राम्रो छ । धेरै महिला स्रष्टालाई पारिवारिक वातावरणले साथ दिँदैन । मलाई मेरो परिवारबाट महŒवपूर्ण साथ मात्र होइन ठुलो प्रेरणा प्राप्त भएको छ । यस अर्थमा मलाई समय व्यवस्थापन गर्न सहज भएको छ र म आपूmलाई भाग्यमानी समेत ठान्छु ।

५) तपाईले रुचाउनु भएका कुन कुन साहित्यिक पुस्तक हुन् र साहित्यकार हुनुहुन्छ ?

धेरैजसो कृतिहरू मलाई मन पर्छन् । झमक घिमिरे, निलम कार्की निहारिका, अमर न्यौपानेका आख्यानात्मक कृति विशेष मनपर्छ । बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, रामप्रसाद ज्ञवाली, देवी नेपाल, छायादत्त न्यौपाने, रामदेव पाण्डे आदि स्रष्टाका बाल तथा अन्य कृतिहरू धेरै सङ्ख्यामा पढेकी छु । पुस्तक यही र यसको भन्दा पनि विषयवस्तु, लेखनशैलीले मन तान्ने हो ।

६ ) तपाईलाई ठाउँ मन पर्छ ? किन ?

मलाई नेपालका धेरै ठाउँ मन पर्छ । विशेष गरी पूर्वी नेपालका धेरै ठाउँ रमाइला छन् । घुम्ने शोख छ, धेरै घुम्ने अवसर पाएकी छैन । नेपालभित्रै धेरै ठाउँ राम्रा छन्, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पहिले आफ्नै देशभित्र घुम्न मन छ ।

७ ) खाली समय कसरी बिताउनु हुन्छ ?

भेटघाट, घुमफिर, लेखन त्यस्तै हो । खासै खाली समय नै मिल्दैन ।

८ ) तपाईलाई गीत र कविता कुन मन पर्र्छ ? तपाईले गीत पनि लेख्नु भएको छ ? कति वटा ?
मलाई गीत र कविता दुवै उत्तिकै मन पर्छ । गेय विधा हुनाले मन तानिहाल्छ । गीतै भनेर त लेखेकी छैन । बालकवितालाई गीत बनाएर गाउन सकिन्छ ।

९ ) तपाईले अहिलेसम्म कतिवटा पुस्तक लेख्नु भएको छ ? र अहिले के लेख्दै हुनु हुन्छ ?

अहिलेसम्म एक दर्जन जति छन् । अहिले म फुटकर रूपमा विभिन्न पत्रिकाका प्रकाशित कथाहरूलाई सङ्ग्रह गर्दै छु । कविताको नयाँ उपविधा साइनो अहिले धेरै स्रष्टाको रोजाइमा छ । बालसाइनो पनि लेखिरहेकी छु ।

१० ) कस्तो साहित्यिक पुस्तक मन पराउनु हुन्छ ?समसाययिक सामाजिक विषयवस्तु भएका रचना, जीवनलाई मार्गदर्शन गर्ने रचनाले मन तान्छ । म कविता धेरै पढ्छु । पद्यले छिटो आकर्षण गर्छ मलाई ।

११ ) तपाईको मन पर्ने साहित्यकार को को हुनु हुन्छ ? र किन ?

मलाई व्यक्ति भन्दा पनि लेखनको विषय र शैलीका कारण कृति मन पर्छ । महŒवपूर्ण जीवनदर्शन भएका, जीवनबोध गर्न सकिने सकारात्मक सन्देश प्रवाह गर्ने रोचक कृति बढी मन पर्छ ।

१२ ) अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ?

खास त्यस्तो केही छैन । मलाई लेखनमा पनि विविध विधाका रचना गर्न मन लाग्छ । विशेष गरी बालबालिकाकै लागि लेख्न पाए हुन्थ्यो भन्ने लाग्छ । बालबालिका नै देशको भविष्यनिर्माता भएकाले राम्रो साहित्यका माध्यमबाट उनीहरूमा देशप्रति माया गर्न, श्रद्धा गर्न र गौरव गर्न सक्ने सोच विकास गराउन पाए हुन्थ्यो भन्ने लागिरहन्छ । अभिभावकका लागि पनि उपयोगी रचना गर्न मन छ । गीत गाउन, सङ्गीत सिक्न पनि रहर छ तर जीवनकै समय छोटो भएजस्तो पनि लाग्छ कहिलेकाहीँ ।

प्रतिक्रिया