गिरिजाप्रसाद राष्ट्रिय हक्की –सेमिफाइनलमा प्रहरी, त्रिभुवन क्लव , सुदूरपश्चिम र मधेस प्रदेश

इनेप्लिज २०७९ चैत २५ गते १८:०४ मा प्रकाशित

विराटनगर,२५ चैत । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् ।

विराटनगरको शहीद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेल अन्तर्गत समूह ‘ए’ तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल प्रहरी रहेका छन् ।

यस्तै समूह ‘बि’ तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश रहेका छन् ।

विराटनगरको सहिद रंगशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलले पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले दुई, धिरेन्द्रबहादुर,शेरबहादुर चन्द र महेश नेपालीले एक÷एक गोल गरेका थिए ।

मधेस प्रदेशका विशाल क्षेत्री, रुपक दाहाल र रुपेश राईले एक÷एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भएका छन् ।

त्यस्तै अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशबीच २–२ गोलले बरावरी भएको छ। गण्डकीका संगम जेटी र असिम बाहेकले एक÷एक गोल गरे भने कर्णालीका जीवन राउतले दुई गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भएका थिए ।,

प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल त्रिभुवन क्लव र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र नेपाल प्रहरीका बीच प्रतिस्पर्धा हुनेछ ।–

प्रतिक्रिया