अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीको सल्लाहकारमा गीता खत्री, तीर्थराज अधिकारी, पुरु सुवेदी, रोहिणी शर्मा र सीता पाण्डे रहनु भएको सल्लाहकार समिति गठन गरिएको छ ।
साहित्यकार गीता खत्री अनेसास न्यूयोर्क च्याप्टर अध्यक्ष, केन्द्रीय महासचिव, केन्द्रीय अध्यक्ष, बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष र अध्यक्षमा रही कार्य गरिसक्नु भएको छ । त्यस्तै साहित्यकार तीर्थ अधिकारी बोर्ड अफ ट्रस्टीको पूर्व सदस्य हुनुहुन्थ्यो । यसै गरी पुरु सुवेदी अनेसासको संस्थापक मध्येको एक सदस्य, पूर्व केन्द्रीय अध्यक्ष, पूर्व बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष रही कार्य गरिसक्नु भएको छ । यस्तै रोहिणी शर्मा अनेसासको स्थापनाकालदेखि नै विभिन्न किसिमले सहयोग गर्दै आउनु भएको छ र बोर्ड अफ ट्रस्टीको पूर्व उपाध्यक्षकारुपमा योगदान गर्दै आउनु भएको छ । साहित्यकार सीता पाण्डेले विगतमा पुरस्कार समितिको अध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा रही कार्य गरिसक्नु भएको छ ।
अनेसासको विधानबमोजिम बोर्ड अफ ट्रस्टीको हालै सम्पन्न बैठकमा सो निर्णय गरिएको बोर्ड अफ ट्रस्टीका महासचिव प्रकाश नेपालले जनाउनु भएको छ ।
प्रतिक्रिया