तिम्रो मुहार चम्किरहन्थ्यो पूर्णिमाको जुनसरि
चम्किरहेको जुन पनि फिका लाग्थ्यो तिमिलाई हेर्दा खेरि
पन्छी बनी गगनमा उडन मन लाग्छ
घुम्दै फेर्दै छेउमा बसिरहूँ झैँ लाग्छ
त्यो सुन्दरता हेरिरहूँ लाग्थ्यो हाम्रो मिलनमा
बसिरहूँ लाग्छ पूर्णिमाको जुनको उज्यालोमा
त्यो दिनको खुसी मन कस्तो थियो होला
दुई आत्माको मिलनको खुसीले मलाई सम्झाउला
तलाउको किनारामा बसेर मन भुलाउनु छ
हातमा हात मिलाएर तिमि सँग घुम्नु छ
तिम्रो मुहार चम्किरहन्थ्यो पूर्णिमाको जुनसरि
चम्किरहेको जुन पनि फिका लाग्थ्यो तिमिलाई हेर्दा खेरि
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया