नयाँ दिन त आउँदै गर्छ आफैँ
कसैले ल्याउनै पर्दछ क्रान्ति
बदलिन्छ दिन आफैँ
मौसमको एउटा कणमै
देखिन्छ एउटा नवीनता
यदि हेर्ने क्षमता छ भने ।
दिन बदलिँदैन आफैँ
हरेक दिन बदलिन
सहादत प्राप्त गरेको हुन्छ एक दिनले
आज बनेको हुन्छ हिजो
हिजो बन्दछ अस्ति
बिना कुनै तेल र मसला
मिसावट पनि चाहिँदैन बदलिन
समयको चक्कीमा पिँधिएर दिन
भोलि पर पर सर्दै जान्छ
लखेटिरहन्छ वर्तमानले निरन्तर ।
यो समय त्यसै आएको होइन
बिटुलो होइन
चोखो त हुँदै होइन
हो, आफैँमा दागरहित
धब्बा लगाउन खोज्दैछ इतिहासले
तर शुभनाम बनाउनुपर्छ समयले
समय गति सुल्टो जाओस् बगेर
मितेरी गाँस्दै भविष्यसित ।
सबैको प्रगति बिस नै होओस्
उन्नाइस कसैको नहोस्
बिसको बिसै प्रगतिमा
विष नघोलियोस्
अनि हरेक बिस चौको असी बनोस्
होओस् यस्तो प्रगति ।
पत्रकार/लेखक
प्रतिक्रिया