टाढा सम्म गएकी रहेछौ …………

इनेप्लिज २०८० वैशाख ५ गते ११:१९ मा प्रकाशित

टाढा सम्म गएकी रहेछौ नजिक आउन
सत्य कुरा भन्छु मैले सुन न
देख्दा खेरि बोलाउने मान्छे खुसी त छौ होला
मनबाट चाहना गरेकी रहेछौ पर पुगेर फर्कन्छौ होला

धेरै टाढा बसेकी छौ खोजेको छु तिमिलाई
धेरै कुरा सोध्छु हावा हुरी जस्तै उड्ने मनलाई
त्यो मनमा मलाई राखेकी थियौ
घाम झुल्कने समयमा प्रश्न सोधेकी छौ

समयले हामीलाई अनेक कुरा सिकायो
गीत गायौ मिठो स्वरमा मनलाई खुसी बनायौ
मायाको प्यास मेट्न मेरो समीप पुग्यौ
बिर्सने मेरो मनलाई सम्झना गरायौ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया