आमा

✍एकल यात्री (बद्री प्रयास) साहित्यकार तथा लेखक २०८० वैशाख ७ गते ११:०९ मा प्रकाशित

आमा भए पुग्छ मलाई ,ईच्छा छैन धनमा
भैतिक रूपमा टाढै छु, तर पनि आमा सधै तिमीमात्र मेरो मनमा ।
तिम्रो खुशी सदैव मैले देख्न सकूँ ,आमा सधैंभरि
चम्किरह‍ोस तिम्रो मुहार,कहिल्यै नझरोस् आशुका झरि
आमा असल शिक्षा दिएकि छौ,आफू मरी -मरी
हो आमा मैले पैसा कमाउन नसकुउला,
पुजीले किन्ने देखावटी सुःख पनि किन्न नसकुउला ।
तर वाचा छ ,तिम्रो शिर झुक्न दिने छैन जीवन भरी

आमा तिमी नै मेर‍ो संसार हौ
हरेक मेरो धडकनमा तिमी छौ
१० महिना कोखमा राख्यौ
दु: खमा देवी देवता सवै भाक्यौ
प्रस्रव कालमा अश्यै पीडा भोग्यौ
आफुलाई रोगी र खोक्रो बनायौ

१० धारा दूध पिलायौ
तिम्रा पीडाहरूलाई मेरा खुसिमा ,खुसिसगँ मिलायौ
कति रात अनिन्द्रा भए
कति रात पिडामा रोएरै गए।

कति रात भोकै सुत्यौ होला,
मेरो भविष्यको निमित्त जीन्दगी भर जुट्यौ।
आफु त फुट्यौ ,लुटियौ

आफू साक्षर कक्षा पढे पनि हामीलाई उच्च शिक्षा दियौ,
असल संस्कार ,साधारण जीवन तर कति महान छौ।

तिमीले दिएको दिएको जस्तो संस्कार मलाई कुनै विश्वविद्यालय दिएन,
अरू त सवै सम्बन्ध स्वार्थी रहेछन आमा ,तिमीमा कुनै स्वार्थ थिएन
बोल्न ,हिडन र खान सिकायौ
आफ्ना मनका पीडा आफ नै मन लुकायौ
जीन्दगीका मुल्यहरू हाम्रै निमित्त चुकायौ
र त हाम्रो भविष्य फुकायौ।

आमा तिमी महान छौ
मेरा लागि संसारकै उत्कृष्ट व्यक्ति हौ।
ज्ञानक‍ो सागर हौ
माया र ममताकी खानी छौ।
आमा तिमी मेरो प्राण हौ
मेरा प्रत्येक मुटुको चाल-चालमा तिमी छौ

हाम्रो खुसि निमित्त लढदा लढदै……
गाला चाउरी परिसक्यो,
कालो त्यो कपालले नी, सबै चाँदी भरिसक्यो,
कति राम्रो दन्तेलहर ,धेरै जसो झरिसक्यो,
कति मधुर स्वर तिम्रो ,आफै भित्र गढिसक्यो।

सवै आमाहरूले शान्ति पाउन
बुढेसकालको साहारा भनेकाले वुद्दा आश्रममा नपुर्याउन।

आमा तिमीलाई म बयान गरौ कसरी?
आमा भन्ने शब्द मा मेरो शब्दकोष नै कमजोर छन जसरी ।

आमा मुक्तक -२
तिम्रो सफलताको सदैब पहिचान हुन आमा
तिम्रो हरेक पाइलामा साथ दिने महान हुन आमा
तिमीले प्रसाद चढाउ-नचढाउ ,सधै तिम्रो भलो गर्छ
तिम्रो आफ्नो जिन्दगीको भगवान हुन आमा।

आमा मुक्तक-३
सबै पीडा बिर्सन्थे पाउँदा तिम्रो काख आमा
माया ममता सदैव त मिल्थ्यो तिम्रो लाख आमा
तिमी छैनौ टुहुरो भएँ कहाँ शिर राखु अब
स्वर्गैबाट यो शिरमा आशिष राखि दिनु आमा अब।
बल्ल बुझदैछु आमा तिमी विना शून्य र खल्लो रहेछ संसार
तिम्रो माया नै मेरा लागि थियो अपार

आमा मुक्तक -४
निरोगी भै रहून् सदैव,आमा पीडा नहोस् तनमा ।।
आमा तिम्रो याद सदा आउँछ, यो मेरो मनमा।
मनभित्रै आमाकै गीत गाउँछु।
आमा तिमीलाई मनले पछ्याउँदै छु ।
भाग्यमानी त्यो हो जस्ले आमाको काख पाउँछ।
तिमी हुदाँ नै यी मेरा संसार उदाउछ।
यस धर्तीका सम्पुर्ण माता/जननी /आमाहरूमा मेरो पुजनिय दण्डढोग छ।

✍️एकल यात्री (बद्री प्रयास)
साहित्यकार तथा लेखक

प्रतिक्रिया