आमा

अच्युत कुइकेल कागेश्वरी मनोहरा डाछी काठमाण्डौं २०८० वैशाख ७ गते २१:२१ मा प्रकाशित

महानता आमाको वर्णन
नगरेर कहा होला।
आखिर आमा कै कारण
पाइएको मानव चोला।।१।।
आफु रित्तिएर पनि
तिम्रै खातिर सधैं झैं ।
चिन्तित छिन आमा
भर्न तिम्रो मनचिन्ते झोला ।।२।।
सृष्टीको आयतन बढ्दा
आमाको महान सुख ।
तिम्रा कदम असल रहे
हटछन आमाका दुख ।।३।।

छर्न सक्ने सुवास आमा
दिइ आड र ढाडस
पुजनीय सदा आमा
साथ हुने सदा आश।।४।।
जे जति सक्छौ गर्न
जिवित हुदा गरे वेश
पश्चाताप लिनु बेकार
अकर्ममा झर्ला केश।।५।।
चिन्ता हिजो तिम्रा लागि
लिइ दिने प्यारी आमा
नछाडे आज वेवारिश
भन्दै व्यस्त कति काम।।६।।
छर्न सक्ने सुवास आमा
दिइ आड र ढाडस
पुजनीय सदा आमा
साथ हुने सदा आश।।७।।

लेखक
अच्युत कुइकेल
कागेश्वरी मनोहरा डाछी काठमाण्डौं
इमेल [email protected]

प्रतिक्रिया